राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशमा काभ्रे चौरीदेउरालीका उपाध्यक्ष सहित ५ जना अनुपस्थित

राष्ट्रियसभा निर्वाचन अन्तर्गतको मतदान सकिएको छ। बिहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजे सिकएको हो।

बागमतीमा ३४२ मत खसेको छ। ५ जना मतादाता भने मतदान प्रक्रियामा सहभागी भएनन्। प्रदेश सभा तर्फ हाम्रो नेपाली पार्टीका दुई सांसद शैलेन्द्रराज बज्रचार्य र समता खड्की मतादानमा सहभागी भएनन्।

यस्तै स्थानीय तहतर्फ ३ मतदाता मतदान प्रक्रियामा सहभागी भएनन्। काठमाडौंका मेयर बालेन्द्र शाह, नुवाकोटाको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ र काभ्रेको चौरी देउराली गाउँपालिकाको उपाध्यक्ष शेरबहादुर लामा मतदान प्रक्रियामा सहभागी नभएका हुन्।

मतदान प्रक्रियामा नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्ष बिरबल तामाङ फरार रहेकाले अनुपस्थित भए ।
काभ्रेको चौरीदेउराली गाँउपालिकाको उपाध्यक्ष शेर बहादुर लामा सिकिस्त बिरामी रहेकाले मतदानमा सहभागी भएनन् । काठमाडौ महानगरपालिकाको मेयर बालेन्द्र शाहले मतदान बहिस्कार गरेका छ्न ।
यस्तै शैलेन्द्रमान बज्राचार्य र सरिता खड्कीले मतदान प्रक्रिया बहिस्कार गरेका छन । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्षको मृत्यु भएको कारण स्थानीय तहको एक जनाको मतभार कम भएको छ ।

बागमती प्रदेश सभातर्फ १०८ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २३४ जनाले मतदान गरेका छन्। बागमतीमा ४ जना राष्ट्रिय सभा सदस्यका ६ राजनीतिक दलबाट १५ जना उम्मेदवार मैदानमा उत्रिएका छन्। मतगणना अब केहीबेरमा सुरु हुने निर्वाचन अधिकृत श्री प्रसाद सञ्जेलले जानकारी दिए।