कोशीमा गठबन्धनलाई धक्काः एमाले उम्मेदवार कोइराला विजयी, सिटौला पनि पछि परे

कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन । नेकपा माओवादी केन्द्रबाट सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै कोइराला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन । कोइरालाले ५ हजार ८६ मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाइन् । कार्की नेकपा माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएकी थिइन्। उता एमालेकी कोइरालालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सघाएको थियो ।
कोसी प्रदेशमा एमालेकी राष्ट्रिय सभा सदस्य उम्मेदवार कोइरालालाई सत्ता गठबन्धनका तीनजना सांसदले मतदान गरेका थिए । सत्ता गठबन्धनबाट क्रस मत तान्न सफल कोइरालाले राष्ट्रियसभाको यात्रा पक्का गरेकी छन । उनले सत्ता गठबन्धनका तीनजनाको मत तानेकी हुन् । मतगणनामा कोइरालालाई ४९ जना सांसदले मत दिएको खुलेको छ ।
कोसी प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला पनि पछि परेका छन । अहिले कोसीमा अन्यतर्फको मत गन्दा गठबन्धनबाट कांग्रेस उम्मेदवार सिटौलाको पक्षमा ४५ मत परेको छ । अहिले स्थानीय तहतर्फको मतगणना भइरहेको छ । उता एमालेको साथ लिएर उठेका राप्रपा उम्मदेवार उद्धव पौडेलको पक्षमा ४८ जना सांसदले मत दिएका छन । यसअघि कोसी प्रदेशमा एमालेकी राष्ट्रिय सभा सदस्य उम्मेदवार कोइरालालाई सत्ता गठबन्धनका तीनजना सांसदले मतदान गरेका थिए । कोइराला सत्ता गठबन्धनका तीन सांसदसहितको क्रस मत तानेर विजयी भएकी थिइन ।