अनेरास्ववियु पाँचखाल नगर कमिटीको तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पाँचखाल नगर कमिटीको तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनबाट विकास योन्जनको नेतृत्वमा १७ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।
अनेरास्ववियु पाँचखाल नगरको एतिहासिक तेस्रो नगर अधिवेशन अनेरास्ववियु केन्द्रीय कमिटी सचिव संजीव धितालको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा स्थायी कमिटि सदस्य सागर हरि अधिकारी, नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य हरि खतिवडा, पूर्व अनेरास्ववियु प्रदेश कमिटि अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटि सदस्य शालिकराम पराजुली, नेकपा एमाले पाँचखाल नगर कमिटि अध्यक्ष बिष्णु पौडेल, अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष मिलन कुमार गौतम लगायत जिल्ला तथा नगर कमिटी नेता तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।