मध्यरातमा बनेपामा दुई युवाको प्राण गयो

बनेपा/ पछिल्ला केहि वर्ष युवाहरु कुलतमा फस्ने क्रम बढेसँगै अकालमा मृत्यु हुने क्रम शुरु भएको छ । माघ ११ गते राति गाँजा खाईरहेका पाँचखाल ६ घर भएका २२ बर्षिय युवा सलिन दनुवारको बेहोस भई उपचारका क्रममा निधन भएको प्रहरीले बताएको छ ।

बनेपा नगरपालिका वडा नम्वर ६ स्थित एक घरमा गाँजा खाई बसेका तीन युवाहरु मध्ये सलिन बेहोस भई ढलेका थिए । तत्कालै उनलाई उपचारका लागि शिर मेमोरियल अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ । उनिसँगै गाँजा खाईरहेका अन्य तीन युवालाई भने नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै विहिबार राति पनौतीबाट बनेपा तर्फ आउँदै गरेको बा ७० प ३७७९ नम्वरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक बनेपा नगरपालिका ८ घर भएका २३ बर्षिय सरोज श्रेष्ठको निधन भएको छ । मध्यरातमा आफै मोटरसाईकल चलाईरहेका सरोजको मोटरसाईकल अनियन्त्रित भई पुलमा ठोक्किएको थियो । स्थानीयहरुले तत्कालै उपचारका लागि बनेपाको शिर मेमोरियल अस्पताल पु¥याए पनि उनको बाटोमा नै निधन भएको अस्पताललाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।