साँगामा आँखा शिविर र रक्तदान कार्यक्रम

आफ्नै विश्वासिलो कृषी सहकारी संस्थाको आयोजना तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोगामा एक दिने आँखा परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । शिविरमा १८९ जनाको आँखा परीक्षण गरिएको छ । आँखामा समस्या हुनेहरूलाई रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा बुडोलमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।

साथै आफ्नै विश्वासिलो कृषी सहकारी संस्थाको ब्यवस्थापन र नेपाल रेडक्रस सोसाइटी साँगा उप शाखाको आयोजनामा रकक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो । सो अवसरमा २२ जनाले रक्तदान गरेका छन ।