काठमाण्डौमा आज यो वर्षकै धेरै चिसो, तापक्रम ३ डिग्रीबाट पनि तल झर्‍यो

आज काठमाण्डौमा यस वर्षकै सबैभन्दा धेरै चिसो भएको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो र अस्ति काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो ।

काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । हिमाली भेगको तापक्रम शूून्यबाट पनि तल झरेको छ भने तराई मधेशमा पनि तापक्रम एकरदुुई डिग्रीसम्म पुुग्ने गरेको छ । जुम्लाको माइनस ५ दशमलव २, मुुस्ताङ जोमसोमको माइनस ५ दशमवल ५ र दोलखा जिरीको माइनस १ डिग्री सेल्सियस छ । यस्तै डडेलधुराको २ दशमलव १, दिपायलको १ दशमलव ९, विरेन्द्रनगरको २ दशमलव ६ र ताप्लेजुङको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।

आज पनि देशका धेरै ठाउँमा बदली भएको छ । तर पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी र बाग्मती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको तथा अन्य पहाडी भूभागमा भने मौसम सफा नै रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए। हिमाली तथा उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईमा भने बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको महाशाखाले जनाएको छ ।