अक्षरमार्गको बार्षिकोत्सवमा स्रष्टाहरु सम्मानित
बार्षिकोत्सवको अवसरमा स्रष्टाहरु नगदेन्द्रराज शर्मा, सनत रेग्मि, के.के कर्माचार्य, गायत्री श्रेष्ठ, श्रीकृष्ण मर्हजन, सुभद्रा बम्जन र डा.गोपाल पौड्याल ‘मण्डने’ लाई सम्मान गरिएको थियो । नगेन्द्रराज शर्माले साहित्यकार ध्रुर्वकृष्ण ताम्राकारद्वारा माता पिताको स्मृतिमा स्थापना गरिएको कृष्णसुन अक्षरमार्ग पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए । रेग्मिले श्रीराम अक्षरमार्ग पुरस्कार प्राप्त गरेका छन् । उक्त पुरस्कार नेपाली स्वर्गिया जगतमाया कर्माचार्यले आफ्ना पति कवि श्रीराम कर्माचार्यको स्मृतिमा स्थापना गरेकी हुन् ।
त्यस्तै कर्माचार्यले विष्णुहेम अक्षरमार्ग बरिष्ठ साधक सम्मान प्राप्त गरेका छन् ।
साहित्यकार सुर्यप्रसाद लाकोजुले आफ्ना पिता विष्णुप्रसाद लाकोजु र माता हेममाया लाकोजुको स्मृतिमा स्थापना गरेका थिए । त्यस्तै गायत्री श्रेष्ठले नरबहादुर अक्षरमार्ग पुरस्कार प्राप्त गरेकी थिईन् । उक्त पुरस्कार काभ्रे सेवा समाजका संस्थापक अध्यक्ष प्रल्हाद केसीले आफ्ना पिता नरबहादुर केसीको स्मृतिमा स्थापना गरेका थिए । श्रीकृष्ण महर्जनले कृष्णदास अक्षरमार्ग पुरस्कार प्राप्त गरेका हुन् । उक्त पुरस्कार शिक्षासेवी राजेशकुमार श्रेष्ठले पिता कृष्णदास श्रेष्ठको स्मृतिमा स्थापना गरेका थिए । त्यस्तै सुभद्रा बम्जनले ध्रुवमिरा अक्षरमार्ग मिराज पुरस्कार प्राप्त गरेकी छिन् । उक्त पुरस्कार लेखक धु्रर्वनारायण जोन्छेले श्रीमतीका नाममा स्थापना गरेका थिए । त्यस्तै डा.गोपाल पौडेलले भरतराज अक्षरमार्ग पुरस्कार प्राप्त गरेका छन् । उक्त पुरस्कार उत्तम महतले पिता साहित्यकार भरतराज महतको स्मृतिमा स्थापना गरेका थिए ।
अक्षरमार्गका अध्यक्ष तथा साहित्यकार सुर्यप्रसाद लाकोजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल साहित्यक पत्रकार संघका अध्यक्ष तथा बरिष्ठ साहित्यकार मोहन दुवाल, नेपाल श्रष्टा समाजका अध्यक्ष ओम श्रेष्ठ, विजयराम कर्माचार्य लगायत सम्मानित श्रष्टाहरुले नेपाली साहित्य र पछिल्लो पुस्ताको आर्कषण तथा साहित्यिक क्षेत्रमा देखिएका समस्या तथा चुनौतीका बारेमा धारणा राखेका थिए ।