धुलिखेल नगरपालिकाको नगर सभाको चौधौं अधिवेशन शुरु
धुलिखेल धुलिखेल नगरपालिकाको नगर सभाको चौधौं अधिवेशन शुरु भएको छ ।
नगरपालिकाका प्रमुख असोक ब्यान्जुको सभा अध्यक्षतामा आर्थिक वर्ष २०८०/८१ को विधेयक अधिवेशन नगरपालिकाको सभाहलमा शुरु भएको हो ।
धुलखेल नगरपालिकाको अर्ध वार्षिक प्रगति समिक्षा प्रतिवेदन उपप्रमुख निराजन जंगमले प्रस्तुत गरेका थिए । त्यसै गरी नगरपालिकाको संस्था दर्ता सम्बन्धी ऐन, २०७५ प्रथम संशोधनका लागि बनेको विधेयक २०८० पेश, संशोधन छलफल तथा निर्णय वडा अध्यक्ष विनोद गौतमले प्रस्तुत गरे । वडा अध्यक्ष अर्जुन न्यौपानेले प्रस्तुत गरेको धुलिखेल नगरपालिकाको भवनमा उर्जा प्रभावकारिता कायम गर्ने सम्बन्धी मापदण्ड २०८० विधेयक पेश, छलफल र निर्णय भएको छ ।
त्यसै गरि नगरपालिकाको भवन निर्माण मापदण्ड २०८० विधेयक पेश, छलफल र निर्णय भएको छ । नगरपालिकाको वित्तिय साक्षरता रणनीति २०८० २०८५ विधेयक पेश छलफल र निर्णय भने वडा अध्यक्ष नारायण प्रसाद वडालले प्रस्तुत गरेका थिए ।
चौधौं अधिवेशन अहिले नगरपालिको सभाहलमा जारी रहेको छ ।