बालउज्ज्वल माविको ५९ औ वार्षिकोत्सव, ईन्द्रेणी टिमले अभिभावकलाई छमछमी नचायो

दाप्चा÷बाल उज्वल माध्यमिक विद्यालयको ५९ औ वार्षिक उत्सब समारोह नमोबुद्ध नगरपालिकका नगर प्रमुख कुन्सान्ङ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

प्रमुख अतिथी लामाले नगरमा शैक्षिक गुणस्तर तथा संख्यात्मक हिसावमा समेत उक्त विद्यालय नगरकै दोस्रो स्थानमा रहेकाले अझै मेहनत गरी प्रथम बन्न सुझाब दिए । विद्यालयमा भौतिक अबस्था र शिक्षक दरबन्दी नपुग भएकाले आगामी शैक्षिक सत्रबाट शिक्षक दरबन्दी थप्ने घोषणा गरेका थिए । साथै नगर प्रमुख लामाले भौतिक निमार्णलाई रकम थप्ने प्रतिबद्धता गरेका थिए । नगरले गर्न सक्ने सबै सुबिधा दिन्छ तर शैक्षिक गुणस्तरमा शिक्षकहरुले कुनै कमि हुन नदिन आग्रह गरेका थिए ।

लामाले विद्यार्थीहरुलाई प्राविधिक र कृषि शिक्षा प्रदान गरी कृषि नगर, सुन्तला पकेट क्षेत्र बनाउन सबै वडा कार्यालय, नगरपालिका र नगरबासी लाग्नु पर्ने लामाले बताए । लामाले आगामी आर्थिक वर्षमा नगरलाई कृषि क्षेत्रमा अझै नयाँ योजना ल्याई कृषकहरुको आयस्तर उकास्ने बताए । कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर १० का वडा अध्यक्ष रामकृष्ण अधिकारीले धेरै सघंर्षबाट विद्यालयलाई उक्त स्थानमा ल्याउन सफल भएको बताए । अझै विद्यालयमा शिक्षक दरबन्दी अपु भएको, भवन अभावका विच पनि नगरमा सख्यात्मक र गुणात्मक हिसाबले दोस्रो भए पनि नमुना विद्यालय बनाउने अभियानमा रहेको अध्यक्ष अधिकारीले बताए ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रधानाध्यापक नारायणभक्त श्रेष्ठले प्रस्तुत गरेका थिए । श्रेष्ठले विद्यालयमा २०६७ सालबाट एसएलसी तथा एसईईमा सहभागि भई उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको, हाल कक्षा १२ सम्म अध्यापन हुँदै आएको र ४ सय ८५ जना विद्यार्थीहरुले अध्ययन गरिरहेको, विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला रहेको बताए । मावि दरबन्दी ३ वटा मात्रै भएको, विषयगत शैक्षिक जनशक्ति अभाव रहेको, पर्याप्त भवनको अभावका विच गुणस्तरीय शिक्षा प्रदान गर्र्दै आएको उनले बताए ।

विद्यालयले आगामी शैक्षिकसत्र बाट कृषि प्राविधिक शिक्षालाई जोड दिई गुणस्तर शिक्षा प्रदान गर्ने बताए । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरीप्रसाद शर्मा, शिक्षा शाखा अधिकृत बुद्धिराज अर्याल, वडा नम्बर १ देखी ११ सम्मका वडा अध्यक्षहरु, जनक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिहर अधिकारी, ईन्द्रेणी संस्कृती समाजका अध्यक्ष कृष्ण कँडेल, विभिन्न सघं सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न दाताहरुले स्थापना गरेको अक्षयकोषबाट उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा ईन्द्रेणी संस्कृती समाजले विशेष सास्कृतिक प्रस्तुत गरेको थियो । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण अधिकारी उपाध्यायको सभापतित्वमा सम्पन्न भएको थियो ।