धुलिखेल नगरपालिकाको १४ औं विधेयक अधिबेशनले गर्यो तीन विधेयक स्विकृत
विकास तिमल्सिना
धुलिखेल, काभ्रे
धुलिखेल धुलिखेल नगरपालिकाको नगर सभाको चौधौं अधिवेशन सम्पन्न भएको छ । विधेयक अधिबेशनका रुपमा रहेको नगर सभाले तीनवटा नयाँ विधेयक सर्वसम्वतले पास गरेको छ भने एउटा विधेयक शंशोधन गरेको छ ।
नगरपालिकाका प्रमुख तथा सभा अध्यक्ष अशोक ब्यान्जुको अध्यक्षतामा सम्पन्न सभमा धुलिखेल नगरपालिकाको भवनमा उर्जा प्रभावकारिता कायम गर्ने सम्बन्धी मापदण्ड २०८० विधेयक, नगरपालिकाको भवन निर्माण मापदण्ड २०८० विधेयक अध्यक्ष अर्जुन न्यौपानेले पेश गरेका थिए । त्यस्तै नगरपालिकाको वित्तिय साक्षरता रणनीति २०८०–२०८५ विधेयक वडा अध्यक्ष नारायणप्रसाद वडालले प्रस्तुत गरेका थिए । नगरपालिकाको संस्था दर्ता सम्बन्धी ऐन, २०७५ प्रथम संशोधनका लागि बनेको विधेयक २०८० वडा अध्यक्ष विनोद गौतमले प्रस्तुत गरेका थिए । तीनवटा नयाँ र एउटा संशोधित विधेयक सर्वसम्वतले पास भएको सभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए ।
सभाको शुन्य समयमा सदस्यहरुले उठाएका विकास निर्माण तथा जनजिविकाका सवालका सन्र्दभमा नगर सभा अध्यक्ष अशोक ब्याञ्जुले जवाफ दिएका थिए । धुलिखेल नगरपालिकाले दिगो विकास लक्ष्यका लागि गरेको योगदान तथा नागरिकमैत्री सेवालाई प्रभावकारी बनाउन खेलेको भूमिकाका बारेमा जानकारी गराउँदै नगर प्रमुख तथा सभा अध्यक्ष अशोक ब्याञ्जुले नागरिकहरुका हरेक आवश्यकता पुरा गर्ने गरी स्थानीय सरकारका कार्यक्रमहरु केन्द्रित गरिनु पर्ने बताए ।
संघ र प्रदेश सरकारका दायित्व र जिम्मेवारी समयमै पुरा नहुँदा स्थानीय सरकार प्रति नागरिकहरुले हेर्ने दृष्टिकोण फरक भएको बताउँदै नगर प्रमुख ब्याञ्जुले अधिकार क्षेत्र हस्तक्षेप गर्न पनि कठिन हुने दायित्व पनि पुरा नगर्ने अवस्थाका कारण नगरबासिहरुले केहि केहि विषयमा असहजता महसुस गरेको बताए । सभामा उपप्रमुख निराजन जंगमले अर्ध वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तो छ आर्थिक वर्ष २०८०÷२०८१ को अर्ध बार्षिक प्रगति
स्वास्थ तर्फ
– विभिन्न वडाहरुमा आँखा शिविर सञ्चालन गरी १८ सय जनाको आँखा परिक्षण सम्पन गरि ११० जनाको मोतियाबिन्दु अप्रेसन गरिएको छ ।
– धुलिखेल नगरपालिका जिल्ला स्तरीय स्वास्थ्य समिक्षामा प्रथम स्थान सहित बागमती प्रदेशमा उत्कृष्ट हुन सफल भएको छ ।
– नसर्ने रोगको रोकथाम गर्न बागमती काभ्रे उच्च रक्तचाप सम्बन्धि सम्पुर्ण स्वास्थकर्मीलाई तालिम सम्पन्न गरिएको छ ।
– क्षयरोग मुक्त अभियान सफल बनाउन घर दैलोमा पुगेर ३५ सय जनाको खकार नमुना परिक्षण गरी नयाँ बिरामी पहिचान तथा उपचार गरिएको छ ।
– घरदैलोमा जेष्ठ नागरिक सुत्केरी तथा गर्भवती सेवा उपलब्ध गराईएको छ ।
– पोषण कार्यक्रमलाई सफल बनाउन वडा स्तरमा कार्यक्रमहरु सम्पन्न गरी बालबालिकाहरु तथा गर्भवती र सुत्केरीहरुको पोषण कार्यक्रम सत्र्चालन गरिएको छ ।
– वडा स्तरमा महिला स्वयं सेविकाहरु मार्फत रक्तचाप मापन गर्ने कार्यक्रम सुरुवात गरिएको छ ।
– नियमित रुपमा मासिक समिक्षा सञ्चालन तथा खनियमित अनुगमन र सुपरिवेक्षण कार्य गरिएको छ ।
– समुदायमा माहामारी नियन्त्रण गर्न आवश्यक तयारी तथा बिपद् व्यवस्थापन योजना निर्माण गरिएको छ ।
– विश्व स्वास्थ्य संगठनको सहयोग र समन्वयमा स्वस्थ शहर धुलिखेल नगर अभियानलाई निरन्तरता दिन थप योजना सञ्चालन गर्न समन्वय गरिएको छ ।
शिक्षातर्फ
– डिजिटल स्कुल बनाउने नीति तथा कार्यक्रम अनुरुप शिक्षकका लागि क्ष्ऋत् द्यबकभम शिक्षकहरुका लागि ५५दिने Basic Computer/ICT तालिम सञ्चालन गरिएको थियो । जसमा ३ सय जना सहभागी भएका थिए ।
– सबै सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुलाई कक्षा ८ को स्थानीय पाठ्यक्रम शिक्षक सहायता सामग्री प्रवोधीकरण कार्यक्रम आश्विन २४ गते नगर सभा हलमा सम्पन्न ।
– नगरस्तरीय अन्तर माध्यमिक राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको पौष १३ गते नगरप्रमुखबाट उद्घाटन तथा खेल कार्यक्रम सञ्चालन । सबै सामुदायिक र संस्थागत विद्यालय सहभागी रहेको उक्त प्रतियोगितामा ५६ वटा विधामा ५ सय ५६ जना विद्यार्थी सहभागी भइ खेलकुद प्रतिस्पर्धा भएको थियो ।
– माध्यमिक विद्यालय स्तरीय शैक्षिक लोक गायन प्रतियोगिता २०८० मंसिर २२ गते सम्पन्न ११ विद्यालयको प्रस्तुति ।
– जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त खेलाडी विद्यार्थीलाई नगरको तर्फबाट हौसला सहित नगद र प्रमाणपत्र द्वारा सम्मान ।
– सिकाई उपलव्धि अभिवृद्धिका लागि मावि गणित विषय शिक्षकहरुसंग विज्ञ सहितको अन्तरक्रिया ।
– नव प्रवेशी शिक्षकहरुका लागि मेन्टरिङ कार्यक्रमको अभिमुखिकरण एवं कार्ययोजना वैठक ।
– धुलिखेल शिक्षा ऐन, २०७६ बमोजिम नगरपालिका भित्र रिक्त रहेको पदमा विद्यालय र सम्बन्धित स्थानीय तहको सिफारिसमा प्राथमिक तहका ३ जना गणित र अङ्ग्रेजी विषयका शिक्षकहरुलाई सरुवा गरी विद्यालयमा विषयगत शिक्षकको खाडल न्यूनीकरण गरिएको छ ।
– धुलिखेल शिक्षा ऐन, २०७६ बमोजिम नगरपालिका भित्र रिक्त रहेको पदमा नगर स्तरीय शिक्षक छनौट समितिले परीक्षा सञ्चालन गरी निमाशि गणित १ जना, विज्ञान ३ जना र अग्रेजी १ जना गरी ५ जना र माशि गणित २ जना, विज्ञान २ जना गरी ४ जना समेत ९ जना विषयगत शिक्षक छनौट गरिएको ।
– धुलिखेल नगरपालिका अन्तर्गतका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकरुका लागि हिलिङ्ग टुगेदर साझेदार संस्थासँगको सहकार्यमा ३ वटा क्लष्टरमा सम्पन्न । सञ्जीवनी मावि, हनुमान मावि र कालिका माविमा २ दिने मनोसामाजिक परामर्श तालिम कार्यक्रम सम्पन्न । १०१ जना शिक्षकलाई तालिम प्रदान गरि दोस्रो चरणमा फागुनदेखि विद्यालय स्तरमा प्रतिनिधिमुलक अभिभावक, कक्षा ५–९ का प्रतिनिधिमुलक विद्यार्थी र शिक्षकहरुका लागि २ दिनको मनोसामाजिक परामर्श तालिम सञ्चालन गरिदै छ ।
– विद्यालयका खेल शिक्षकहरुका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न सामुदायिक र संस्थागत सबै विद्यालयका ३९ जना शिक्षक सहभागि ।
– संकल्प क्याम्पस सँगBHM / BIM विषयमा १÷१कोटा छात्रवृत्तिका लागि संझौता ।
– लर्ड वुद्ध एजुकेशन फाउण्डेशनमा BSC IT मा छात्रवृत्ति कोटामा भर्नाका लागि सिफारिस
– पञ्चकन्या आविको भवन निर्माण शिलान्यास
– लवग्रिन नेपालको सहयोगमा ईलाईव्रेरी भवन सम्झौता २ वटा
सामाजिक विकासतर्फ
– वडा र नगरमा गरी हाल सम्म रु ४७ लाख बराबरको रकम बाल कोषमा जम्मा भई सो रकमको व्याजबाट अनाथ बालबालिकालाई छात्रवृत्ति तथा अन्य सहयोगको काम भईरहेको ।
– राष्ट्रिय बाल दिवस २०८० भब्यताका साथ १७० जना बालबालिकाहरुको सहभागितामा वक्ततृत्वकला प्रतियोगिता सहित नगर बाल क्लब संजाल पुनर्गठन गरि सम्पन भएको ।
– १२ वटै वडाका बालक्लब सजाल पुनर्गठन गरिनुका साथै २५ वटा नयाँ बालक्लब गठन गरी हाल बाल क्लबको सख्या ८० पुगेको ।
– बाल अधिकार समिति र बलगृहका पदिधकारीहरुलाइ एक्कप्याक्ट लग्जबर्कको सहयोगमा दुई दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको ।
– १६० जना बालबालिकाहरुलाई एक्प्याट लक्जबर्गको सहयोमा २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको ।
– नगर बालक्लब संजाल र वडा बालक्लब संजालका ३० जना पदाधिकारीहरुलाई दुई दिने क्षमता विकास तालिम कार्यक्रम संचालन गरिएको ।
– नगरपालिका अन्तरगतका सवै परिषदका पदाधिकारी, वडा अध्यक्ष तथा विभन्न शाखाका कर्मचारीहरुको सहभागितामा मयेर गिरवी निवारण कार्यक्रम अन्तरगत विनियोजित कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न गरिनुका साथै युवा परिषद बाहेक सवै परिषदहरुले बार्षिक कार्यक्रम तयार गरी लागु गर्ने तयारीमा रहेको ।
– गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तगत १५ जना सिलाई सेन्टर संचालन गरिरहेका महिलाहरुलाई एड्भान्स सिलाई सम्बन्धि तालिम सचालन ।
– सुरक्षित आप्रवासन सामि कार्यक्रम प्रभावकारी ढंगले सचालन भई आप्रवासी स्रोत केन्द्रबाट हाल सम्म ७४२२ जना महानुभावहरुलाई सूचना तथा परामर्श सेवा प्रदान गरिएको ।
– वैदेशिक रोजगारीमा गएका तथा फर्केका ब्यक्तिहरुको वास्तविक अवस्था सहितको प्रोफाईल तयारको काम भईरहेको ।
– नगरको वित्तिय साक्षरता सम्बन्धि रणनीति तयार गरि लागु गर्ने तयारीमा रहेको ।
– आर्थिक वर्ष ०७९÷२०८० को बार्षिक समिक्षा कार्यक्रम सम्पन ।
– नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुबाट देशको पुर्वी क्षेत्रमा फहोरमैला ब्यवस्थापन लगायतको विषयहरुमा सिकाई आदानप्रदानका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन गरिएको ।
सूचना प्रबिधितर्फ
– वडा नं १ मा फाइबर तथा CCTV विस्तारको कार्य अगाडी बढाइएको
– नगर विकास कोषको सहयोगमा निर्माण गरिएको ःMunicipal Service Delivery System को सबै वडा अध्यक्ष एबं सचिबहरुलाई तालिम प्रदान गर्ने कार्य सम्पन्न भएको
–Municipal Service Delivery System लाई यसै साता देखि केहि वडाहरुमा एष्यितष्लन को रुपमा शुरु हुन लागेको
– नगरपालिकामा Back UP सर्भर सहितको Hardware Equipment जडान गर्ने कार्य प्रक्रियामा रहेको ।
– स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणालीमा ८४.५ अंक प्राप्त भएको
– स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनप्रणालीमा ८३ अंक प्राप्त भएको
आर्थिक प्रशासन
बार्षिक बजेटः १, १५, १५,००००० ।–
हाल सम्मको जम्मा खर्चः ३१,७५,२४०१५ ।–
जम्मा खर्च प्रतिशतः ३१.२५ प्रतिशत
राजश्वतर्फः
राजश्व संकलनः ३,२६,६४,८६१।४९
फोटोहरुः