ललितपुरको अपार्टमेन्टमा जर्मन नागरिक मृत फेला

काठमाडौं/ ललितपुरको एक अपार्टमेन्टमा एक महिला मृत फेला परेकी छन्। मृत फेला पर्नेमा​ एक वर्षदेखि ललितपुरको ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी अन्दाजी ५२ वर्षीया जर्मन महिला रहेको प्रहरीले जनाएको छ। उनी सोमबार ललितपुर महानगरपालिका–१६, नागबहालमा पर्ने उक्त अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी हुन्।

उनी लडिरहेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ प्रहरी परिसर ललितपुरको प्रहरी टोली घटनास्थल पुगेर घटनाबारे थप अनुसन्धन गरिरहेको छ। मृत्युको कारण खुलिनसकेको बताइएको छ।