छुट जग्गा दर्ताका लागि मालपोत कार्यालय काभ्रेले माग्यो निवेदन, के छ प्रकृया ?

मालपोत कार्यालय काभ्रेपलाञ्चोकले छुट जग्गा दर्ताका लागि निवेदन माग गरेको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको मिति २०८०÷१०÷११ मा नेपाल राजपत्रमा छुट दर्ता सम्बन्धमा २ वर्षको अवधि तोकी सुचना प्रकाशन भएको जानकारी गराउँदै मालपोत कार्यालय काभ्रेले आवश्यक प्रमाण पुगेकाले तोकिएको समयावधि भित्र सिफारिस सहित निवेदन पेश गर्न भनेको छ ।
छुट दर्ताका लागि साविक लगत (जग्गाको विवरण), हकभोग प्रमाण, २ नं.रसिद ( तिरोको निस्सा), नाप नक्सा भएकोमा नक्सा र फिल्ड बुक उतार (क्षेत्रिय किताव), सम्बन्धीत गा.पा.÷न.पा. को किटानी सिफारिस आवश्यक पर्ने मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत दिपक कोइरालाले जानकारी दिए । यस्तै ७ नं. फाँटवारीको प्रमाणित उतार (भूमी सुधार लागु हुँदा भरेको हदबन्दी सम्बन्धी फाराम), नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मृत्यु दर्ता प्रमाणपत्र(ज.ध.मृतकको हकमा), आवश्यक पर्ने मालपोत कार्यालयले जनाएको छ ।
सरकारले भोगचलन गरिरहेका तर दर्ता हुन नसकेका जग्गाको छुट दर्ताका लागि फेरि मौका दिएको हो ।
