राधा कृष्ण बिस्कुट ईन्डस्ट्रिजले गर्यो जाजरकोटका भुकम्प पीडितलाई सहयोग

बनेपा/ २०८० कार्तिक १७ गते राति जाजरकोट जिल्लाको बारकोट गाँउपालिकामा केन्द्र विन्दु भई गएको विनाशकारी भुकम्पमा परी पीडित भएकाहरुलाई काभ्रेपलाञ्चोक जिल्लामा रहेको उद्योग राधा कृष्ण विस्कुट ईन्डस्ट्रिजले सहयोग गरेको छ ।

उद्योगका संचालक दिलिपकुमार श्रेष्ठले पीडितहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । धुलिखेल नगरपालिका वडा नम्वर ५ श्रीखण्डपुर काभ्रेमा रहेको उक्त राधा कृष्ण विस्कुट ईन्डस्ट्रिजले ५ लाख बराबरको विस्कुट र ब्लाङकेट जिल्ला प्रशासन कार्यालय जाजरकोटमा गएर हस्तान्तरण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शुरेस सुनारलाई ईन्डस्ट्रिजका ब्यबस्थापक जीवन बस्नेतले सामाग्री हस्तान्तरण गरेका थिए । यस अघि पनि ईन्डस्ट्रिजको तर्फबाट सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न स्थानमा सहयोग उपलब्ध गराउँदै आएको ब्यवस्थापक जीवन बस्नेतले जानकारी दिए ।