नगर प्रमुखले अरुको इसारामा संस्थागत निर्णयलाई चुनौती दिनु दुर्भाग्यः उप–प्रमुख गीता बञ्जारा

पनौती नगरपालिकाका नगर प्रमु्ख रामशरण भण्डारीले व्यक्तिगत हित र अरुको इसारामा संस्थागत निर्णयलाई चुनौती दिएको एमालेबाट निर्वाचित जनप्रतिनिधिले बताएका छन् । यस वारेमा नेकपा एमालेको तर्फबाट पनौती नगरपालिकामा प्रतिनित्वि गर्ने उप–प्रमुख गीता बञ्जारा, वडा अध्यक्ष र नगरसभा सदस्यहरूले विज्ञप्ति नै जारी गरेर स्पष्ट पारेका छन ।
पुर्व सहमती विपरित संगठन व्यवस्थापन सर्भेक्षण ओ एण्ड एम प्रतिवेदन सम्बन्धी दुईथरि डकुमेन्ट पेश हुन आएको उनीहरुको भनाई छ । ओ एण्ड एम सम्बन्धी कागजात थप्नु गलत र निन्दनीय रहेको भन्दै उनीहरुले यस्ताखाले गलत कृयाकलापमा कार्यलय समेत साक्षी बस्ने स्थिति दुर्भाग्यपूर्ण रहेको बताएका छन ।

नगर सभाको पूर्व सन्ध्यामा सहमतिय आधारमा उक्त प्रस्तावलाई पूनरावलोकन समेत गरी २८७ जनाको कूल दरवन्दी सहितको सांगठनिक संरचना संस्थागत विकास तथा सुशासन समितिको बैठकबाट सर्वसम्मत रूपमा पास गरि माघ १७ गते बसेको नगरकार्यपालिका बैठकमा पेश हुँदा सुशासन समितिबाट पेश भए बमोजिम नै कार्यपालिकाले आजको नगरसभामा पारितका लागि पेश गर्न स्वीकृत गरेको समेत एमालेबाट निर्वाचित जनप्रतिनिधिले स्पष्ट पारेका छन । बिगतमा एमालेले पास गर्न दिएन भन्ने आरोप लगाई रहँदा अहिले कार्यपालिकाले पेश गरेको ओ एण्ड एम पारित होला भन्ने भयले स्वार्थबस हठातमा पराजित मानसिकताले ग्रस्त भई औपचारिक सुरुवात विना सभा स्थगित गरेको आफुहरुको हाम्रो ठम्याई रहेको उनीहरुको भनाई छ ।
अमुक व्यक्तिका लागि एमालेले अडान लिएको भन्ने आरोपमा सत्यता नरहेको समेत जनप्रतिनिधिले बताएका छन । कोहि व्यक्तिका लागि मात्रै नभई विगतमा कायम रहेका पदको निरन्तरता दिएको उनीहरुको तर्क छ । सहायक नापी अधिकृत, राजश्व अधिकृत लगायतका पदको पनि निरन्तरता रहेको भन्दै एक व्यक्तिलाई मात्रै देखाउनु अध्ययनविना गल्तिलाई ढाकछोप गर्दै आफ्ना मान्छेको पक्षपोषण गर्नु मात्रै रहेको जनप्रतिनिधिको वुझाई छ ।
सार्वजनिक कार्यसूचीभन्दा ढिलोगरी सुरु भएको नगरसभाको बैठक स्विकृत कार्यसुचीमा प्रवेशै नगरी औपचारिक रुपमा सभा सुरुभएको घोषणा पुर्व सभाका अध्यक्ष एवं नगरप्रमुख रामशरण भण्डारीले सभा सञ्चालनको घोषणा नै नगरी सभा स्थगनको घोषणा गरेको उनीहरुको भनाई छ । नगरप्रमुखले पार्टी राजनीतिबाट माथी उठेर साझा प्रतिनिधिका रुपमा व्यवहार गर्नुपर्नेमा एकांकी रुपमा छलकपट र स्वार्थमा लाग्दा पनौती निर्माणको अभियानले सार्थकता नपाउने निश्चित देखिएको उनीहरुको दाबी छ ।

विज्ञप्तीः