विनोद चौधरीको नामवारे सिंहदरबारमा छलफल

काँग्रेस सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीका कारण उनका कान्छा भाइ अरुण चौधरी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई हिजो दिउँसो लाजिम्पाटस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।

महाराजगञ्जस्थित तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा अरुण पक्राउ परेका हुन् । ३७ वर्षअघि विनोदले खोलेको च्याम्पियन फुटवेयर, त्यसपछि चाँदबाग रेसिडेन्सी र अहिले सञ्चालित चाँदबाग स्कूलको स्वामित्व कागजमा अरुणलाई दिएर व्यवहारमा त्यसको आम्दानी एक्लौटी रुपमा विनोदले लिएको अवस्थामा कान्छो भाइ प्रहरी हिरासतअन्तर्गत चिरायु हस्पिटलमा पुगेको बताइन्छ ।

सिआइबीले अरुणलाई पक्रनुअघि विनोदको वारेमा के गर्ने भनेर प्रधानमन्त्रीसङ्ग निर्देशन मागिएको थियो । यसनिम्ति हिजो बिहान १० बजेदेखि साढे १० बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न प्रहरी महानिरीक्षक वसन्त कुँवरसहित सिआइबी प्रमुख तथा अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य गएका थिए ।

भेटको क्रममा कुरा उठ्यो, ‘यसमा विनोदको सँलग्नता के(कस्तो हो रुू,कागजमा अरुण,भोगचलन र सारा अह्रनखटनमा बिनोदको भूमिका खुलेपछि वीचको बाटो निक्लियो,‘पहिले अरुणलाई समात्ने । त्यसपछि उनले दिएको बयानको आधारमा थप कारबाही अघि बढाउने । बिनोद काँग्रेसमा पनि आरजूनिकट सांसद र केन्द्रीय सदस्य रहेकोले सोहीअनुरुप कदम चाल्ने ।’

राजनीतिक समीकरणमा आउनसक्ने नयाँ सम्भावना र आन्तरिक परिस्थितिलाई मूल्यांकन गर्दै प्रधानमन्त्रीले प्रहरी प्रमुखको टोलीलाई सल्लाह दिएअनुसार हिजो दिउँसो भाइ अरुण पक्राउ परेको स्रोतको दाबी छ । प्रधानमन्त्रीको बाध्यता उल्लेख गर्दै स्रोत भन्छ,‘ सभामुखको पनि स्वीकृति लिनुपर्ने अवस्थामा विनोदलाई पक्रँदा बालकृष्ण खाँण प्रकरण दोहोरिने खतरा हुन्छ । त्यसै त भएभरका काङ्ग्रेसलाई समात्दै दुस्ख दिएको भनेर बसिखान भएको छैन,गृहमन्त्रालय नै मागिरहेको स्थिति छ ।’

नेपालका ठूला उद्योगपतिलाई पक्रन खोजिएको सम्बन्धमा भएको हिजोको छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सहभागी गराइएको थिएन । बरु,१ बजेको हाराहारीमा अरुण पक्राउ परेपछि काँग्रेस सभापति देउवा अपरान्ह बालुवाटार र साँझ शीतल निवास पुग्नुभएको थियो ।

देउवाले प्रधानमन्त्री प्रचण्डसँग अपरान्ह ४ बजे बालुवाटारमा भेट गर्नुभयो भने झण्डै एक घण्टाको भेटपछि सोझै शीतल निवास पुग्नुभयो । सवा ५ बजे राष्ट्रपति भेटेर देउवा करिव साँझ पौने ६ बजे मात्र शीतल निवासबाट बाहिरिनुभएको हो ।