बाथरोग के हो ? कसरी बच्ने ?

युवराज शर्मा फिजियोथेरापिस्ट डाक्टर,सामुदायिक कल्याण केन्द्र(cwc-polyclinic)

बाथ रोग के हो ?
बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ। अर्थात् प्रत्येक मान्छे भित्र रोग सँग लड्ने एक किसिमको क्षमता हुन्छ तर यस रोगले त्यसकै विरुद्धमा शरीरलाई नै हानिकारक गर्ने असमाजिक तत्वहरू जसलाई एन्टिबडी भन्ने गर्छौं, त्यस्तो किसिमको तत्वहरूको उत्पत्ति गराएर शरीरका विभिन्न भागको हाड, र्जोनी र कार्टिलेजहरू नष्ट गर्ने गर्छ।  बाथ रोग भनेको युरिक एसिड नै भन्ने आम बुझाइ छ जुन गलत हो।
अहिले सम्म बाथ रोग के कारणले हुन्छ भनेर पत्ता लाग्न सकेको छैन। धुम्रपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण, केही पेशागत कारणले जोर्नीहरूमा चोट हुँदा यो रोग देखा पर्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन्।

लक्षणहरू
– हातखुट्टाका जोर्नीहरू दुख्ने
– ज्वरो आउने,
– सुनिने तथा बिहानीपख अररो हुने र रोगले असर गरेको भागमा ज्यादा तातो वा पोलेको अनुभव हुने,
– आलस्य हुने, चाँडै थाक्ने तथा गल्ने
– छालामा निको नहुने घाउ आउने,
– राता–निला डामहरू देखिने
– आँखा रातो हुने तथा दुख्ने,
– फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने,
– फोक्सोबाहिर पानी जम्ने यसका लक्षण हुन्।
बाथ रोगबाट कसरी बच्ने रु
– चिसोमा नजाने। – बेलुकी मनतातो पानीमा नुन राखेर पाँचदेखि १० मिनेट हातखुट्टाको औला सेक्ने।
– चिसो मौसममा तातो खानेकुरा खाने र न्यानो कपडा लगाउने।
– धुम्रपान तथा मद्यपान नगर्ने।
– रातो मासु नखाने।
– सुकेको गेडागुडी, गोलभेँडा जस्ता खानेकुरा नखाने।
– शरिरमा निलडाम देखिएमा, मुखमा घाउ आएमा वा छालामा डाबरहरु देखिएमा तुरुन्त चिकित्सकलाई दखाउने।

बाथ रोगमा फिजियोथेरापीको आवश्यकता
बाथरोगको अर्को उपचार पद्धति फिजियोथेरापी हो । तर, सुरुवाती चरणमै फिजियोथेरापी गर्नुपर्छ । यसले जोर्नीवरपरको लिगामेन्ट र मांशपेसीलाई बलियो बनाउने काम गर्छ । जसले गर्दा जोर्नीको दुखाइ विस्तारै कम हुँदै जान्छ ।

फिजियोथेरापीमा एक्सरसाइज थेरापी, म्यान्युयल थेरापी र इलेक्ट्रो थेरापी विधिबाट उपचार गरिन्छ । जस्ले गर्दा हाडजोर्नी, नसा तथा अन्य नसर्ने रोगहरुको बिना अप्रेशन अत्यन्तै सहजतथा सर्वसुलभ तरिकाले अनुभवी फिजियोथेरापिस्ट द्वारा फिजियोथेरापी व्यायाम तथा अन्य हानीरहित उपचार सेवा प्रदान गरिन्छ।