स्वर्ण महोत्सवको भव्य तयारीमा सरस्वती विद्याश्रम मावि, भोलिबाट सुरु हुने

विकास तिमल्सिना

ललितपुर । सरस्वती विद्याश्रम माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । लालितपुर जिल्लाको महांकाल गाउँपालिका–५ मा रहेको विद्यालयले स्थापनाको ५० वर्ष प्रवेशको सन्दर्भमा भोलीदेखी ३ दिनसम्म विविध कार्यक्रमसहित स्वर्ण महोत्सव मनाउन लागेको हो ।

माघ २०, २१ र २२ गते विद्यालयमा कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक रमेश प्रसाद घिमिरेले जनानकारी दिएका छन । स्वर्ण महोत्सवको पहिलो दिन उद्घाटन कार्यक्रम, स्मारिका विमोचन, साँस्कृतिक झाँकी, विद्यार्थीको प्रतिभा प्रदर्शन, खेलकुद लगायतका कार्यक्रम हुनेछन् । कार्यक्रमको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले गर्नेछन् ।

स्वर्ण महोत्सवको दोस्रो दिन शैक्षिक बहस, पुर्व शिक्षक तथा विद्यार्थी पुनर्मिलन, विशिष्ट कलाकारद्धारा लोक दोहोरी प्रस्तुती लगायतका कार्यक्रम तय गरिएको छ । उक्त कार्यक्रममा वागमती प्रदेश सभा सदस्य मधुसुदन पौडेलको प्रमुख आतिथ्यता रहनेछ ।

अन्तिम दिन माघ २२ गते विविध साँस्कृतिक कार्यक्रम, हाँस्यव्यङग्य, पुरस्कार वितरण, सम्मान सहित कार्यक्रम समापन हुनेछ । स्वर्ण महोत्सवको अन्तिम दिन वागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यता रहने स्वर्ण महोत्सव मुल समारोह समितिले जानकारी दिएको छ ।