अनेरास्ववियु बनेपा नगर कमिटीको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु बनेपा नगर कमिटीको दोस्रो नगर अधिवेशन नेकपा एमाले बागमती प्रदेश सदस्य हरिशरण दाहालको प्रमुख आतिथ्तयतामा सम्पन्न भएको छ । अधिवेशनबाट सुदिप दाहाल अध्यक्षमा निर्वाचित भएका छन ।

यस्तै उपाध्यक्षमा सुजन श्रेष्ठ, सचिवमा निशान खड्का, सह–सचिवमा सलिना धिताल, कोषाध्यक्षमा लक्ष्मि तामाङ निर्वाचित भएका छन । महिला विभागमा सन्जिता चौलागाई र सदस्यमा अजय तामाङ, निर्मल बुढाथोकी, सन्देश मोक्तान, स्वेच्छा परियार, रोमी बोगटी, प्रियंका तामाङ, सीता रामटेल, सपना घिमिरे, सरिता बानिया, रितु सेन्चुरि, निर्मला बुढाथोकि, बरदान बुढाथोकी र राजीव परियार निर्वाचित भएका छन ।