अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उनीहरूको पहिचान खुलेको छैन । आज विहान ढाकावाङ्गको थापाडाडाँमा बाटोबाट करिब १५० मिटर जीप तल खसेको हो । लु १ ज १६७९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा नै मृत्युु भएको स्थानीयले बताएका छन ।