सत्तारुढ गठबन्धनको उदेश्य सत्तादेखि सत्तासम्म मात्रै होः एमाले अध्यक्ष ओली

by | माघ २०, २०८०

सत्तारुढ गठबन्धनको उदेश्य सत्तादेखि सत्तासम्म मात्रै होः एमाले अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरेको बताएका छन् ।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीति मात्र गरेको टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले अहिले रेमिट्यान्स बढेकामा सरकार खुशी भएको तर युवालाई विदेश जानबाट रोक्न नसकेको बताए ।

कोरोना महामारीजस्तै केही विश्वव्यापी समस्या आएमा रेमिट्यान्स प्रभावित हुने र देश अस्तव्यस्त हुने ओलीको भनाइ छ ।

उनले सरकारले जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितका लागि केही काम गर्न नसकेको जिकिर गरे ।