बनेपा नगर आधारभुत अस्पतालमा मानसिक रोगको उपचार शुरु

by | माघ २०, २०८०

बनेपा नगर आधारभुत अस्पतालमा मानसिक रोगको उपचार शुरु

नाला/ बनेपा आधारभुत नगर अस्पताल नालामा मानसिक स्वास्थ्य क्लिनिकको शुरुवात भएको छ ।
उक्त क्लिनिकको शुभारम्भ गर्दे नगर प्रमुख शान्ति रत्न शाक्यले नगरबासीहरुलाई स्वस्थ राख्नका लागी उक्त सेवा अस्पतालमा थप गरिएको बताए ।

नगर बासीहरुको अनुहारमा खुशी ल्याउनका लागी निशुल्क दन्त शिबिर १४ वटै वडामा गरि दाँत राख्नु पर्नेहरुको राखिएको, रेयुकाई मासुनागाँ आखाँ अस्पतालमा निशुल्क मोतिविन्दुको अप्रेशन गर्दे आएको, विभिन्न स्वास्थ्य शिबिर गरी रोगहरुको पहिचान गरी उपचार गरिएको शाक्यले बताए ।

अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले अस्पतालमा मानसिक रोग उपचारका लागी सेवा थपिएको बताए । उक्त रोगको प्रत्येक महिनाको दोस्रो बुधबार पाटन अस्पतालका मानसिक रोग विशेषज्ञ डा. नविन लेखकद्धारा विरामीको जाँच गरिने श्रेष्ठले बताए ।

अस्पतालमा बर्थिङ सेन्टर, सुगर प्रेसरको जाँच तथा निशुल्क औषधी वितरण, प्रजनन् स्वास्थ्य जाँच तथा परामर्श, दैनिक ओपिटी सेवा लगाएतका सेवाहरु उपलब्ध हुदै आएको बताए । शुभारम्भ कार्यक्रममा अस्पतालमा एक्स रे, ल्याब, लगाएतका सेवाहरु छिट्टै थपिने उप प्रमुख विमला सापकोटाले बताईन् । नाला भेगमा अति आबश्यक भएको अबस्थामा उक्त अस्पताल सञ्चालनमा आएपछि वडा नम्बर १,२, ३ र ४ नम्बर वडाका बासीन्दाहरुलाई उपचारमा सरल भएको बताईन् । नगरले सबै वडामा स्वास्थ्य क्लिनिक सञ्चालन गरी सेवा दिदै आएकोमा नगर अस्पतालबाट थप सेवा पाउने सापकोटाले बताईन् ।

कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, वडा नम्बर ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख आशिष शर्मा कडेल लगाएतको उपस्थिती रहेको थियो । क्लिनिकको पहिलो दिन २६ जना विरामीले सेवा लिएका नगरपालिकका जनस्वास्थ्य निरिक्षक महेशश्वर श्रेष्ठले बताए ।