काभ्रे ईङ्गलिस माविमा रोबोटिक्स तथा बिज्ञान प्रदर्शनी

पनौती/ काभ्रे इङ्गलिश माध्यमिक विद्यालय पनौतीले आफ्नो स्थापनाको २५ औं रजत महोत्सका अबसरमा विद्यालयमा बैज्ञानिक अनुसन्धान र खोज , सिकाईमा सकारात्मक सोच भन्ने मुल नारा सहित रोबोटिक्स तथा बिज्ञान प्रदर्शनी सम्पन्न गरेको छ ।

प्रदर्शनीमा विद्यार्थिहरुले ७० वटा स्टल मार्फत विज्ञान तथा रोबोटिक्ससँङ सम्बन्धित सामग्री प्रदर्शन गरि आफुमा भएको सीप र क्षमतालाई प्रस्तुत गरेको विद्यालयका बिज्ञान बिभागका प्रमुख सुदिप न्यौपानेले बताए । प्रदर्शनीमा विद्यार्थीहरुले आफूले पढेका र जानेका कुरालाई ब्यवहारिक प्रयोग मार्फत देखाएका थिए ।

प्रदर्शनीमा पनौती नगरपालिका भित्रका २१ वटा विद्यालयका करिब १ हजार विद्यार्थीहरुले अवलोकन गरेका बिद्यालयका प्राचार्य बसन्तराज नेपालले जानकारी दिए । प्रदर्शनीमा विभिन्न संघ संस्था, प्रकाशन गृहका प्रतिनिधिहरु, बिभिन्न बिद्यालयका अभिभावकहरुले समेत अवलोकन गरेका थिए । सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रम गरि रजत जयन्ती मनाउने प्रचार्य नेपालले बताए । रजत महोत्सब आगामी माघ २५ गते विद्यालयमा हुने नेपालले बताए ।