नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे शाखाको बार्षिक साधारणसभा सम्पन्न
काभ्रे / नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे शाखाको पाँचौं वार्षिक साधारणसभा शनिबार बनेपामा सम्पन्न भएको छ ।
साधारणसभा दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता दबूको काभ्रे शाखा अध्यक्ष सोमकाजी शाक्य रहेका थिए ।
वार्षिक साधारण सभामा केन्द्रीय सल्लाहकार मोहन दुवाल, केन्द्रीय पार्षद एवं काभ्रे शाखाका सल्लाहकार सूर्यप्रसाद लाकोजूले दबूको विधान बमोजिम सञ्चालन गर्न सबैले सहयोग गर्नुपर्ने बताए । साथै प्रमुख अतिथि केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले काभ्रे शाखाको कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन गर्न दबूको तर्फबाट आवश्यक सहयोग गर्ने वचनबद्धता व्यक्त गरे ।
कार्यक्रमका स्वागत मन्तव्य काभ्रे शाखाका उपाध्यक्ष शम्भुलाल श्रेष्ठ, सचिव प्रकाश बहादुर कायस्थको प्रगति प्रतिवेदन सहसचिव बिपशना शाक्यले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन र धन्यवाद ज्ञापन दबूका अध्यक्ष सोमकाजी शाक्यले गरेका थिए । कार्यक्रमको सञ्चालन दबूका प्रदेश पार्षद काभ्रे शाखाका निवर्तमान अध्यक्ष सिद्धिबहादुर कर्माचार्यले गरेका थिए ।