मेलम्चीबाट सुरु हुँदै रास्वपाको राष्ट्रव्यापी दबाब अभियान

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट सुरु गर्ने ‘राष्ट्रव्यापी दबाब अभियान’को उद्घाटन मेलम्चीबाट हुने छ ।

चेत २१ गतेसम्म चल्ने अभियानको सभापति रवि लामिछानेले उद्घाटन गर्नेछन् । रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाब दिनेछ ।

यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् । सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् ।

अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीनरतीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ ।