एमाले चौरीदेउरालीको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन, अध्यक्षमा बलराम ढुंगाना निर्वाचित

नेकपा एमाले चौरीदेउराली गाउँपालिका कमिटीकोको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिट्व्युरो सदस्य गोकुल बास्कोटा, केन्द्रिय सदस्य नविना लामा, नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जु, उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, सह–सचिव राजकुमार सापकोटा, एमाले नेता रिता ढकाल, रामशरण दाहाल लगायतको उपस्थिती रहेको थियो । शनिवार सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले सर्वसम्मतीमा नेतृत्व चयन गरेको छ ।

गाउँपालिका कमिटीको अध्यक्षमा बलराम ढुंगाना चयन भएका छन् । यस्तै उपाध्यक्षमा पार्वती खरेल पाण्डे, सचिवमा तिलक बहादुर गौतम, उप–सचिवमा ज्ञानु लामा, सुनिल कुमार लामा निर्वाचित भएका छन । यस्तै सदस्यमा राजकुमार गौतम, बद्रिप्रसाद गौतम, सानुकान्छा लामा, औतार लामा, उमादेवी लामा, जिल्ला दोर्जे लामा, गोमा गौतम, बलबहादुर लामा, नविन प्रधान, देवी माया श्रेष्ठ, कुमारी माया तामाङ, इन्द्रमाया योञ्जन, चिरन लामा, संजय लामा, शिवप्रसाद ढुंगेल, राधिका वि.क.प्रताप लामा, नन्दु कुमारी लामा, रोजमान लामा, बलराम पन्त, प्रदिप परियार, धर्मप्रसाद चौलागाँई, छविलाल चौलागाँई, राजेन्द्र बाँस्कोटा, रविन्द्र बाँस्कोटा, विष्णुमाया गौतम, ओम कुमारी गौतम, सिताराम गौतम, प्रविण बुढाथोकी, सुवास चौलागाँई, उद्धवप्रसाद गौतम, प्रदिप बुढाथोकी, सुनिता चौलागाँई बुढाथोकी, मथुरा ढकाल, विक्रम दास दमाई, दिलप्रसाद चौलागाँई निर्वाचित भएका छन ।

यो समाचार तयार पार्दासम्म सपथग्रहण भने भएको छैन । काभ्रे जिल्लाका १३ पालिका मध्ये नेकपा एमालेले चौरीदेउरालीबाट पालिका अधिवेशन सुरु गरेको हो ।