मृगौला पीडित महाभारतकी पञ्चमायालाई कोरियमा कार्यरत युवाहरुले सहयोग जुटाए
टेकबहादुर मगर/महाभारत
काभ्रेपलाञ्चोक जिल्लाको विकट पालिका महाभारतबाट दक्षिण कोरियामा गई कार्यरत युवाहरुले मृगौला पीडित पञ्चमाया मोक्तानलाई आर्थिक सहयोग जुटाएका छन् ।
महाभारत गाउँपालिका वडा नम्वर ४ घलेखोला निवासी मानबहादुर मोक्तानको श्रीमती ४२ बर्षिया पन्चमाया मोक्तान बिगत ६ महिना देखी दुबै मृगौला खराबीका कारण जावलाखेल स्थित अल्का अस्पताल उपचार गराई रहेकी छिन् । चिकित्सको परामर्श अनुसार अस्पतालमा प्रत्येक हप्ताको दुई पटक डाईलोसिस गरिरहनु पर्ने र केहि समय पछी मृगौला प्रत्यारोपण गर्न मिल्ने भए पछि उपचारका लागि रकम अभाव भएको मानबहादुरले बताएका थिए । उपचारका लागि धेरै रकम लाग्ने भएकाले उनको उपचारमा सहयोग पु¥याउन तथा मृगौला प्रत्यारोपणका लागि महाभारतबाट दक्षिण कोरिया पुगेका युवाहरुले आर्थिक सहयोग जुटाएका हुन् । बिरामीको आर्थिक अवस्था अन्त्यन्तै कमजोर रहेकोले थप उपचार सहयोगका लागि बिरामीका श्रीमान मानबहादुर मोक्तान र परिवारले देश–बिदेशमा रहेका सहयोगी मनहरुमा अपिल गरेका थिए ।
बिरामीको उपचारमा कोरियामा कार्यरत युवाहरुले सहयोग अभियान संन्चालन गरेका थिए । अभियानबाट संकलित रकम कोरियन वन आठ लाख सन्ताउन हजार पाँच सय तथा नेपाली रुपैया ८४ हजार ४ सय ६५ रुपैया अभियन्ताको तर्फबाट समीर लामा र टेकबहादुर मगरको मार्फत विरामीका जेठाजु ज्ञान लामाको रोहबरमा हस्तान्तरण गरिएको छ । कोरियामा विशेषगरी सुमिरन मोक्तान, अनिल वाईवा, संगम स्याङ्तान, मनोज मगर, आशिस मोक्तान, आशा वाईवा, शिशिर थापा, बेली माया (मिरा), धिरज लामा, कान्छामान स्याङ्तान, हित बहादुर स्याङ्तान (बुढाखानी),समर मोक्तान, सन्दिप थीङ, प्रियतन श्रेष्ठ, बिकाश वाईवा, देब वाईवा (खानीखोला गाँउपालिका), रोजी लामा, सागर भोम्जन, गंगा जिम्बा, रबिन मोक्तान लगायतले सहयोग गरेका थिए ।