शुन्य समय
-पुजा सापकोटा
एउटा बेग्लै कथा छ हजुर
जब बोलि रहने मान्छे बोल्न छोड्छ नि
अनि सम्झिनु कि यो कतै पक्कै ढल्यो।
जिन्दगीको वेगले यसरी पछारो कि फेरि उठ्न नसक्ने गरी ,
तर
तितो सत्य यहि हो की दबिएको सत्य एकदिन राके जुलुस साथ लिएर आउँछ,
बेग्लै आभास लिएर आउँछ
जुनेली रात लिएर आउँछ
अनि फरक अन्दाज लिएर आउँछ
अपरिचित तर प्रिय पात्र भन्दै थिइन
कि
जो आँखाले देखिन्छ त्यो सत्य हुँदैनन्
अनि जे सुनिन्छ त्यो पनि सत्य हुँदैनन्
जसरी परेलीमा आँशु लुकाएर ओठमा मन्द मुस्कान आउँछ।
यो शुन्य समयमा सबै कुरा फिक्का फिक्का लाग्छ
साथ
आफ्नोपन
माया
प्रेम
दया
करुणा
घृणा
तिरस्कार
गल्ती
रिस
आँशु……….सबैलाइ पछाडि छोडेको छु
तिमी भन्छौ नि
तिमी अलि फरक छौ
हो म छु
शुन्य छुु
केवल शुन्य छुु
यो शुन्य समयमा !