जोगिथुम्का आई.पि.एम. कृषक पाठशाला सम्पन्न

बनेपा/ लवग्रीन नेपाल, ताजा आई.पि.एम. तरकारी उत्पादन तथा बजार प्रबद्र्धन परियोजनाद्धारा संचालित जोगीथुम्का आई.पि.एम.कृषक पाठशाला (कृषक दिवस) सम्पन्न भएको छ ।

पाँचखाल नगरपालिका वडा नं. ५ जोगिथुम्कामा भदौ ११ देखि माघ १३ गतेसम्म संचालित जोगिथुम्का आई.पि.एम. कृषक पाठशालाको (कृषक दिवस) आज एक कार्यक्रम गरि समापन गरिएको हो ।

लवग्रीन जापान सहयोगमा पाँचखाल नगरपालिका ५ नं.वडा कार्यालयको समन्वयमा संचालित उक्त जोगीथुम्का आई.पि.एम.कृषक पाठशाला बाली संरक्षणको लागी र किसानसँग प्रत्यक्ष प्राविधिक सेवा पुराउने यो आई पी एम कार्यक्रम किसानको लागी निकै उपयोगी भएको नगर प्रमुख महेश खरेलले बताए । साथै उनले त्यसैले पनि स्थानीय सरकारले यसलाई प्राथमिकतामा राखेको बताए ।

आई.पि.एम.कृषक पाठशाला आइपिएम बारेमा जानकारी पाएको कृषकहरुले बताएका छन् । कृषकहरुले पाठशालाबाट माटो जाँच,प्रागरिक मल, विधि ,सिजन अनुसार तरकारी खेति, बिउका परिचय , किसिम र स्थर, स्वस्थ्य बिउका गुणहरु र रैथाने बिउ संरक्षण , बिउका उमार गोठ सुधार, पशु मुत्रको महत्व र प्रयोग नर्सरी व्यवस्थापन लगायतको जानकारी पाएको बताए ।
कार्यक्रममा लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवाली , नगरप्रमुख खरेल र वडा नं. ५ का वडाअध्यक्ष सिताराम ढुंगाना लगयातले मन्तव्य राखेका थिए ।