अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको तेश्रो महाधिबेशनः अध्यक्षमा दिनेश उप्रेती निर्विरोध निर्वाचित

विदेशमा वसोवास गर्ने काभ्रेलीहरुको संगठन अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको तेश्रो महाधिबेशनले आगामी आगामी २ वर्षका लागी नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । जुम मार्फत भएको अधिवेसनमा २० देशवाट प्रतिनिहरु सहभागी भएका थिए ।
अधिबेशनले बेल्जियममा रहेका दिनेश उप्रेतीलाई अध्यक्षमा चयन गरेको छ । बेलायतमा रहेका शम्भु गौतम, युएईमा रहेका दिल लामा, बेलायतकै रविन्द्र शर्मा, जापानमा रहेकी मन्जु गिरीलाई उपाध्यक्षमा चयन गरेको छ । त्यस्तै अमेरिकामा रहेका मोहन विष्टलाई महासचिबको जिम्मेवारी प्रदान गरिएको छ भने क्यानाडामा रहेकी सिरी सत्याल, अष्ट्रेलियमा रहेका विजय बस्नेत, माल्टामा रहेका विनय बुढाथोकी, सायलीमा रहेकी लिला हुमागाईलाई सचिवमा निर्विरोध चयन गरिएको छ । त्यस्तै नेपालमा रहेका यम श्रेष्ठलाई कोषाध्यक्ष पदमा निर्विरोध चयन गरिएको छ । कार्य समितिको सदस्यहरुमा अशोक उप्रेती, इटाली, उपेन्द्र धिसिङ्ग, जापान, मिलन शर्मा, बेलायत, रामप्रसाद मैनाली, स्पेन, दिनेश गौतम, कोरिया, धर्मराज गौतम, कोरिया, अशिम कोइराला, अष्ट्रेलिया, सरला अधिकारी, बेल्जियम रहेका छन् । महाधिबेशनले स्पेनमा रहेका दिपक खरेललाई संरक्षकको जिम्मेवारी दिएको छ । न्यूयोकबाट महासचिब मोहन विष्टले संचालन गरेको उक्त महाधिबेशनमा सहभागि प्रतिनिधिहरुले काभ्रेपलाञ्चोक जिल्लाको विकास र समृद्धीका लागि योगदान गर्ने विषयमा सुझाव प्रस्तुत गरेका थिए ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष दिपक खरेलले अध्यक्षता गरेका थिए । लुम्बिीनी कपिलवस्तु विश्व अभियानका यूरोप सल्लाहकार दामोदर आचार्य, पत्रकार शुशिलराज गिरी, साउदी अरबका अध्यक्ष कुबेर हुमागाई, काभ्रे सोसाइटी यूकेका उपाध्यक्ष वि आर मैनाली, काभ्रे समाज कोरियाका अध्यक्ष सुमन चौलागाई, बेल्जियम अध्यक्ष उद्धब गौतम, साउदीका कार्यबाहक अध्यक्ष शुरेशराज त्रिपाठी, यूएई काभ्रे समाजका दिल लामा, एन आर एन उपाध्यक्ष जापानका देबराज उप्रेती, एन आर एन आइ सि सि का यूवा संयोजक सुपेन्द्र घिसिङ्ग तथा मलेसियाबाट मिलन ठकुरीले मन्तव्य राखेका थिए । कार्यक्रमामा शुभकामना प्रदान गर्न पूर्व डिआइजी तथा काभ्रेका शान रमेश खरेलले पनि उपस्थिती जनाएका थिए । नव निर्वाचित अध्यक्ष दिनेश उप्रेतीले संसारभरी छरीएर रहेका काभ्रेलीहरुलाई समेटेर काभ्रे र काभ्रेलीहरुसँगको सहकार्यमा विभिन्न आर्थिक सामाजिक तथा शैक्षिक कार्यक्रमहरुलाई संचालन गरी संस्थालाई स्वदेश तथा विदेशमा रहेका काभ्रेलीहरुको सुख दुखको साथी बनाउन प्रयत्न गर्ने बचन बद्धता व्यक्त गरेका थिए । महाधिवेसनमा महाचिबले मोहन विष्टले प्रस्तुत गरेको संस्थागत प्रतिवेदन तथा विधान संसोधन प्रतिवेदन र कोषाध्यक्षले राखेको आर्थिक प्रतिवेदन प्रस्ताब पारित गरिएको थियो । निर्वाचन मण्डलको नेतृत्व पूर्व अध्यक्ष तथा संस्थाका संरक्षक कपिलदेब थापाले जापानबाट र सानु लामाले दक्षिण कोरियाबाट नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए । हरेक अधिवेसनमा काभ्रेलीहरुलाई गरिने सम्मान कार्यक्रममा यस वर्ष पनौति १ मा जन्मेर विगत २ दशक देखी वार्सिलोना वस्ने नेपाली चेली सरला सापकोटालाई सम्मान गरिएको थियो । स्पेनमा नेपाली पाठशाला सञ्चालन गर्दै बालबालिकाहरुलाई नेपाली भाषा सिकाउने उनको अभियानलाई स्थानीय सरकारले समेत सम्मान गर्दै पाठशाला सञ्चालनको लागी निशुल्क भवन उपलव्ध गराएको छ । पाठशालाको दशौ वार्षिक उत्सवमा स्पेनमै जम्मेका उनका विद्ययार्थीले नेपालीमै कार्यक्रम सञ्चालन गरेर अभिभावकहरुलाई चकित बनाएका थिए । नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले दक्ष यूवा शाक्ती विदेशमा रहेको र अदक्ष व्यक्तिहरुले गरेको नेतृत्वले देश अन्धकार तर्फ लागेको भन्दै विदेशिएका यूवालाई फर्कन सक्नेलाई फर्केर देशको सेवा गर्न र फर्कनै नसक्नेले पनि विदशबाट भएपनि देशको लागी सोचिदिन आग्रह गरेका थिए ।