गठबन्धन सरकार लम्बिँदै गए जनतालाई दुःख थपिँदै जान्छःओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार लम्बिँदै गए जनतालाई दुस्ख थपिँदै जाने बताएका छन् । महोत्तरीको सदरमुकाम जलेश्वरमा सोमबार आयोजित नेकपा एमाले महोत्तरीको छैठौं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकार रहनुभन्दा नरहनु नै उत्तम भएको बताएका हुन् । वर्तमान गठबन्धन सरकार विचार मिलेर नभई स्वार्थहरू जोडेर बनेको बताए । सरकार निकम्मा, भ्रष्ट र तस्करीको गठबन्धन बनेको उनले टिप्पणी गरे ।

नेकपा एमालेको सरकार रहेको बेला सञ्चालनमा ल्याइएका सबै योजना तथा कार्यक्रमहरू वर्तमान सरकारले अधुरो र अपुरो छाडेको ओलीले आरोप लगाए ।