नेपाल एसबिआई बैंक बनेपा शाखाले संचालन गर्यो वित्तिय साक्षरता कार्यक्रम

बनेपा÷नेपाल एसबिआई बैंक लि.बनेपा शाखाले सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लि.सँगको सहकार्यमा बनेपामा क्याम्पस तहमा अध्ययनरत विद्यार्थीहरुका वित्तीय क्षेत्रको ज्ञान तथा सचेतना बढाउन वित्तिय साक्षरता एवं शेयर सचेतना कार्यक्रम आयोजना गरेको छ ।

बिद्यार्थीलाई लक्षित गरि वित्तिय क्षेत्रको ज्ञान बढाउन तथा शेयर सम्बन्धी जानकारी प्रदान गर्न उक्त कार्यक्रम आयोजना गरिएको नेपाल एसबिआई बैंक लि. बनेपा शाखाका शाखा प्रबन्धक भुपेन्द्रमान श्रेष्ठले जानकारी दिए । सहभागि विद्यार्थीहरुले वित्तिय साक्षरता सम्बन्धी विषयमा राखेका जिज्ञासामा शाखा प्रबन्धक भुपेन्द्रमान श्रेष्ठ तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लि.का इन्भेष्टमेन्ट एवं मार्केटीङ प्रमुख सुशान्त खतिवडाले जानकारी गराएका थिए ।
विधार्थीहरुले पछिल्लो समय वित्तिय क्षेत्रमा भएका समस्या, बैंकिङ तथा शेयर कारोबार गर्दा हुने फाईदा तथा नागरिकको जिवन निर्वाहमा बैंकले खेल्ने भुमिका बारेमा जिज्ञासा राखेका थिए । उक्त कार्यक्रममा काभ्रे बहुमुखी क्याम्पसका प्राध्यापकहरुको समेत सहभागिता रहेको थियो ।
