आज प्रतिनिधिसभा बैठकमा सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने

संघीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बस्न लागेको हो। आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यतालिका तय गरिएको छ।

यस्तै संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा गुरुङले प्रस्तुत गरेको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।

 त्यसैगरी प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ। २०६४ र २०७० को संविधान सभा सदस्य रहेका बुढाथोकीको सोमबार निधन भएको थियो।