सार्वजनिक यातायातमा समस्यै समस्या, पनौतीवासीले गराए ध्यानाकर्षण (भिडियो सहित)

by | माघ २४, २०८०

सार्वजनिक यातायातमा समस्यै समस्या, पनौतीवासीले गराए ध्यानाकर्षण (भिडियो सहित)

विकास तिमल्सिना

पनौतीवासीले सार्वजनिक यातायातको यात्रा पीडादायी हुने गरेको गुनासो गरेका छन । आज पनौती नगरपालिकामा नगर प्रमुख रामशरण भण्डारी र उप–प्रमु्ख गिता बञ्जारालाई ध्यानाकर्षणपत्र वुझाउँदै उक्त गुनासो गरेका हुन् । सहयोगी मनहरुको संयोजक मिरा पौडेलको नेतृत्वमा पुगेका नगरवासीले पनौती नगरपालिका क्षेत्र भएर संचालन भैरहेका यात्रुबाहक सार्वजनिक यातायातका साधनहरुमा यात्रुहरुले भोग्नु परेका समस्याहरु जानकारी गराउँदै समाधानका उपायहरु समेत सुझाएका छन ।

पनौतीवासीले सार्वजनिक यातायातमा देखेका र भोगेका समस्याहरुः

१.गाडी छुट्ने समयान्तर बढी भएका कारण यात्रुहरुको चाप बढी हुन र उभिएर काचिएर झुण्डीएर यात्रा गर्न बाध्य हुनुपरेको ।

२. बंदा नं १ को अवस्थाले गर्दा वृद्धवृद्धा विरामी व्यक्ति, बच्चा बोकेका महिला, गर्भवती महिला तथा फरक शारीरिक विशेषता भएका व्यक्तिहरु अत्याधिक रुपमा पिडित हुन परेको छ ।

३.जेष्ठ नागरिक, महिला र अशक्तका लागि अनिवार्य रुपमा राख्नु पर्ने आरक्षण सीट कतिपय सवारी साधनमा नराखिएको र राखिएकोमा पनि कायर्यान्वयन नभएको ।
४.विद्यार्थी तथा जेष्ठ नागरिकले काननतः पाउनु पर्ने भाडा सहूलियत दिन आनाकानी गर्ने र यसमा वादविवाद हुने गरेको ।

५.केहि चालक–सहचालक बाहेक धेरै जसो चालक–सहचालकबाट यात्रुहरुलाई सम्मानजनक व्यवहार नगर्ने गरेको ।

६.पनौतीबाट काठमाडौ तर्फ जाने सवारी साधनमा वसपार्कबाट यात्रु चढाउंदा काठमाडौ बाहेक छोटो दुरीमा यात्रा गर्ने यात्रुहरुलाई सिटमा बस्नबाट बन्चित गर्ने गरिएको । यसबाट बृद्धबृद्धा, बच्चा भएका र गर्भवती महिला तथा फरक शारीरिक विशेषता भएका यात्रुहरुले प्रत्यन्त कस्टकर यात्रा गर्नु परिरहेको ।

७.बसपार्कमा अत्यधिक धेरै सवारी साधनहरु अव्यवस्थित रूपमा पाकिंङ गर्ने गरिएको ।

८.काठमाडौबाट पनौती तर्फ आउंदा बनपामा लामो समय गाडी रोक्ने परिपाटील यात्राको समय लामो भएको ।
पनौतीवासीले समस्या सँगसँगै समाधनका उपायसमेत सुझाएका छन । उनीहरुले गुनासो सुन्नको लागि हटलाइनको व्यवस्था गर्नुपर्ने, भाडादर स्पष्ट देखिनेगरी राख्नुपर्ने, समय–समयमा अनुगमन हुनुपर्ने लगायतका माग राखेका छन ।

समस्या समाधानका लागि गरिनुपर्ने कार्यहरु

१. नगरपालिका जनप्रतिनिधि मूलक संस्था भएकोले नगरवासीहरुको हितका लागि अन्य क्षेत्र संगै सार्वजनिक यातायातको नियमित अनुगमनको व्यवस्था हुनुपर्ने र सम्बन्धित अन्य निकाय ट्राफिक प्रहरी, यातायत व्यवस्था विभाग उपभोक्ता हित संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय आदि) बाट पनि नियमित अनुगमनको लागि पहल हुनुपर्ने ।

२.सम्बन्धित यातायात कम्पनीलाई यात्रुहरूको गुनासो सुन्ने र समाधान गर्ने इकाई, हटलाइन टेलिफोन आदि व्यवस्था गर्न लगाउने । गुनासो सुन्ने हटलाइन टेलिफोन नं.सम्पूर्ण सवारी साधनमा यात्रुहरुले देख्ने गरी लेख्ने व्यवस्था हुनुपर्ने ।

३. सबै गाडीहरुमा भाडादर र सहलियत सहितको भाडादर यात्रुहरुले देख्ने गरी अनिवार्य रुपमा टास गर्ने व्यवस्था हुनुपर्ने ।

४.यात्रुहरुसंग विनम्र व्यवहारका लागि चालक सहचालकहरुलाई अभिमुखीकरण गर्न सम्बन्धित यातायात कम्पनीहरुलाई निर्देशन गर्ने र नगरपालिका आफैले पनि यस्तो कार्यक्रम आयोजना गर्नुपर्ने ।

५. पतिस्पर्धाले पनि वस्तु तथा सेवाको गुणस्तरमा प्रभाव पर्न सक्ने हुँदा एकमात्र यातायात कम्पनीको एकाधिकार व्यवहारिक रुपमै अन्त्य हुनुपर्ने । यसको लागि मूलतः पनौतीको सावजनिक सम्पत्ति मानेश्वरी बसपार्क एकमात्र कम्पनीले एकलौटी रुपमा उपयोग गर्ने अवस्थाको अन्त्यको लागि नगरपालिकाबाट पहल गर्नुपर्ने ।

६. बसपार्कमा सीमित गाडीहरु मात्र राख्ने व्यवस्था मिलाउन पर्ने ।

उल्लेखित सुझावहरु मध्ये नगरपालिका आफैले कायर्यान्वयन गर्न सक्ने सभ्झावहरु तत्काल कायान्वयन गर्न र अन्य निकायबाट हनुपर्नेः कायको लागि यथाशिघ्र यथोचित पहलको लागि पनौतीवासीको अनुरोध । ध्यानाकर्षणपत्र वुझ्दै नगर प्रमुख भण्डारीले यात्रुको मागलाई गम्भिर रुपमा लिएको भन्दै सम्बन्धीत निकायलाई छलफलको लागि बोलाउने प्रतिवद्धता जनाएका छन । उनले अनुगमनलाई प्रभावकारी बनाउने समेत बताए ।

यस्तै उप–प्रमुख गिता बञ्जाराले सार्वजनिक यातायातमा देखिएको समस्या उजागर गर्दे समाधानको उपाय सुझाएकोमा धन्यवाद दिएकी छन् ।

पछिल्लो समय अनुगमन प्रभावकारी नभएको स्विकार्दै उनले नगरवासीको साथमा नै समस्या समाधान गर्ने बताइन् ।

भिडियोः