ओलीलाई रौतहटमा १ सय १ किलोको माला

by | माघ २५, २०८०

ओलीलाई रौतहटमा १ सय १ किलोको माला

रौतहट / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १ सय १ किलोको मालाले स्वागत गरिएको छ ।

एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न बिहीबार गरुडा पुगेका उनको स्वागतमा पार्टी कार्यकर्ताहरुले १ सय १ किलोको माला लगाइदिएका हुन् ।

एमालेको रौतहट जिल्ला कमिटीको १० औं अधिवेशन बिहीबार नै ओलीले उद्घाटन गर्नेछन् ।