कुलमान घिसिङ साउदी अरेबिया आउने
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ साउदी अरेबिया आउने भएका छन । नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरेबियाको मञ्जुश्री संवत २८ ६० औ (डुक-मुपुख्री)गरुड सोनाम ल्होसार तथा बृहत साँस्कृतिक कार्यक्रममा सहभागी हुन साउदी आउन लागेका हुन ।
आयोजकका अनुसार कार्यक्रम आउँदो १६ फरवरी २०२४ शुक्रबारका दिन साउदीको रियाद ९ मा कार्यक्रम हुन लागेको जानकारी दिएको छ। निर्देशक कुलमान घिसिङ सहभागी हुने कार्यक्रमको तयारी पूरा भएको नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरेबियाका अध्यक्ष रुपक वाईबाले जानकारी दिए।
उनका अनुसार कुलमान घिसिङ सहित संघिय सह अध्यक्ष कुमार सिह घिसिङ तामाङ समेत साउदी आउन लागेका हुन ।
नेपाली तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार बार्षिक कार्यक्रम संस्कृति परम्परा जगेर्ना गर्नेका उदेश्य सहित सिर्जना संस्कृति समुह , नेपाली नृत्य समुह तथा स्थानिय कलाकारहरूको बेजोड सास्कृतिक कार्यक्रम समेत हुने भएको छ । साथै उज्यालो दाताका रुपमा हेरिने कुलमान घिसिङ साउदी आउने खबरले नेपाली समुदाय खुसी समेत देखिएका छन भने कार्यक्रमको प्रमुख अतिथी नेपाली दुतावासका राजदूत नवराज सुवेदीको रहेको छ ।






