बनेपामा थपियो ग्लोबल हब कन्सलटेन्सी
बनेपा÷ ब्यापारीक तथा शैक्षिक हब बन्दै गएको बनेपा नगरपालिकाको तिनदोबाटोमा ग्लोबल हब एजुकेशनल नेटवर्क सञ्चालनमा आएको छ ।
बनेपाका ३ जना युवाहरु मिलेर काठमाडौको एजुकेशनल शाखा बनेपामा सञ्चालन गरेका हुन् । शिक्षा क्षेत्रमा आफ्नो छुट्टै ब्राण्ड बनाउन सफल ग्लोबल हब एजुकेशनल नेटर्वकको उद्घाटन काठमाडौका सञ्चालक विष्णु पोखरेल, दर्शन खनाल र शिबराज बन्जाडेले संयुक्त रुपमा गरेका थिए । काभ्रेमा धेरै कन्सलटेन्सी भएता पनि यो छुट्टै ब्राण्ड प्राप्त गर्न सफल भएकाले काभ्रे बासीहरुलाई थप सहयोग र सहजीकरण हुने उनीहरुको भनाई छ । बनेपा शाखाका प्रबन्ध निर्देशक प्रदिप दाहालले उक्त कन्सलटेन्सी बाट आयल्स, पिटि तथा बैदेशीक अध्ययन एवं परामर्शका कक्षाहरु सञ्चालन हुने बताए ।
बनेपा तथा आसपासका विद्यार्थीहरुलाई लक्षित गरी उक्त कक्षा सञ्चालन हुने छ भने ७ वटा देशमा जानका लागी सहजिकरण गरिने छ । अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, डेनमार्क, फिनल्याण्ड र साउथकोरीया जस्ता देशहरुमा पठाउनका लागी सहजीकरण गरिने दाहालले बताए । उक्त ग्लोबल हब एजुकेशनल नेटवर्कका बजार प्रबन्धक सरोज मानन्धर तथा प्रशासकिय प्रमुख कर्मलाल मानन्धरले विद्यार्थीहरुलाई एकपटक एजुकेशनलमा आई भिजिट गर्न आग्रह गरेका छन् ।






