चण्डेश्वरी माविको ७६ औं वार्षिकोत्सव तथा हीरक जयन्ती मनाइयो
नाला÷चण्डेश्वरी माध्यमिक विद्यालयको ७६ औं वार्षिकोत्सव तथा हीरक जयन्ती समापन कार्यक्रम पुर्व मन्त्री तथा काभ्रे क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी बास्कोटाले विद्यार्थीलाई प्रबिधियुक्त शिक्षा सँगै ब्यवहारिक शिक्षा प्रदान गर्नु पर्ने बताए । शिपमुलक शिक्षा दिन सकिएमा मात्रै आफ्नै देशमा विद्यार्थीहरु रहने बास्कोटाको भनाई थियो । आफु सञ्चार मन्त्री हुदाँ काभ्रे मात्रै नभई देशैभरीमा माध्यमिक विद्यालयमा आईसिटी ल्याब स्थापना गरिएको उनले स्मरण गरेका छन । वितरण गरिएका ल्याव ९० प्रतिशत सामुदायीक विद्यालयले प्रयोगमा ल्याई विद्यार्थीहरुलाई सिकाई रहेको र १० प्रतिशत त्यसै थन्किएको रिपोर्ट पाएको बास्कोटाको भनाई रहेको थियो ।
विद्यार्थीहरुलाई सिकाउनकै लागी आईसिटी ल्याब प्रदान गरिएकाले तुरुन्तै सञ्चालन गर्न विद्यालयहरुलाई उनले आग्रह गरेका छन । काभ्रेमा पनि धेरै सामुदायीक विद्यालय संस्थागत भन्दा पनि अब्बल रहेकाले अभिभाबकहरुले पनि सामुदायीक विद्यालयलाई सहयोग गर्नु पर्ने बास्कोटाको भनाई रहेको थियो । कार्यक्रममा विद्यालय ब्यबस्थापन सममितिका अध्यक्ष तथा बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले विद्यालयलाई नगरको उत्कृष्ट बनाउन सफल भएको र आगामी शैक्षिक सत्रमा जिल्लाको उत्कृष्ट र प्रदेशको उत्कृष्ट बनाउन लागिरहेको बताए ।
विद्यालयले समय अनुकुल, समुदायले खोजेको, समयले मागेको र विद्यार्थीहरुलाई चाहिएको गुणस्तरीय शिक्षा प्रदान गरेको उनले वताए । कुनै विद्यालय सँग पनि प्रतिस्पर्धा नभई गुणस्तरीय शिक्षा प्रदान गर्न, प्रविधि युक्त शिक्षा प्रदान गर्नका लागी ४ वटा कोठामा स्मार्ट बोर्ड जडान गरिएको र आगामी शैक्षिक सत्रबाट सबै कक्षा कोठामा जडान गरिने श्रेष्ठले बताए । सामुदायीक विद्यालय समुदायकै भएकाले समुदायको सहयोग विना विद्यालय सुधार गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिने भएकाले सहयोग निरन्तर चाहिने श्रेष्ठले बताए । विद्यालयको वार्षिक प्रतिबेदन विद्यालयका प्रध्यानाध्यापक श्याम प्रसाद पाण्डेले प्रस्तुत गरेका थिए ।
उनका अनुसार विद्यालयमा शिशु कक्षा देखी कक्षा १२ सम्म ८ सय विद्यार्थीहरुले अध्यन गरिरहेका छन । विद्यालयमा भौतिक सुविधा सगै स्वच्छ खानेपानी, अपाङ्ग तथा बाल मैत्री शौचालय, गुणस्तरीय शिक्षा, कम्प्युटर ल्याब, विज्ञान ल्याब, पर्याप्त पुस्तकालय, मल्टि मिडाया कक्षा कोठा, योगाका कक्षा, प्रत्येक शनिबार संगित कक्षा सञ्चालन, स्कुल बसको लगाएतका सुविधा रहेको पाण्डेले बताए । पुर्ण रुपमा अंग्रेजी माध्यम मार्फत अध्यापन हुने उक्त विद्यालयमा विद्यार्थीहरुलाई समय र विद्यार्थीहरुले खोजेको जस्तै गुणस्तरीय शिक्षा प्रदान गर्दे आएको पाण्डेले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, उप प्रमुख विमला सापकोटा, सहायक प्रध्यानाध्यापक कृष्ण गोपाल श्रेष्ठ, कक्षा ९ का छात्र आर्यन बादे श्रेष्ठ, कक्षा १० की छात्रा प्रमिता विश्वकर्मा लगाएतका ब्यक्तिहरुले शुभकामना राखेका थिए । कार्यक्रममा विभिन्न सहयोगदाता हरुलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन शिक्षक भिमसेन हुमागाईले गरेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न सघं सस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, अभिभावकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।






