२५ जिल्लाका प्रहरी प्रमुख फेरिएःकाभ्रेपलाञ्चोकमा वसुन्धरा खड्का

by | फाल्गुन २, २०८०

२५ जिल्लाका प्रहरी प्रमुख फेरिएःकाभ्रेपलाञ्चोकमा वसुन्धरा खड्का

एकैपटक २५ जिल्लामा नेपाल प्रहरीका प्रमुख हेरफेर गरिएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मंगलबार बेलुका ७८ जना प्रहरी उपरीक्षक एसपी को सरुवा गरेका हुन । त्यस क्रममा २५ जिल्लाका इन्चार्ज पनि फेरिएका हुन । काभ्रेपलाञ्चोकमा वसुन्धरा खड्काले प्रहरी प्रमुखको जिम्मेवारी प्राप्त गरेका छन् भने यसअघि काभ्रेको नेतृत्व गरिरहेका प्रहरी प्रमुख भाग्येन्द्र पुरुष ढकाल साइबर व्युरो अपराध अनुसन्धान शाखा भोटाहिटी सरुवा भएका छन् ।

तनहुँमा अपिलराज बोहरा, बागलुङमा ऋषिराम कँडेल, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी र मोरङमा नवराज कार्कीलाई सरुवा गरिएको छ । कञ्चनपुरमा चक्रराज जोशी, सर्लाहीमा दयानिधि ज्ञवाली, पाल्पामा नरेन्द्र चन्द, कैलालीमा पदम बहादुर विष्ट, बर्दियामा प्रवीण धिताल, गोरखामा वासुदेव पाठक, काभ्रेपलाञ्चोकमा वसुन्धरा खड्का र सिन्धुलीमा विनोद शर्मा सरुवा भएका छन । यस्तै धनकुटामा विमल बस्नेत, डोटीमा विष्णुहरि कोइराला, चितवन भावेश रिमाल, धनुषामा मित्रवन्धु शर्मा, झापामा मिलन केसी, रुपन्देहीमा रञ्जितसिंह राठौर, गुल्मी राजन भुजेल र सुर्खेतमा रुपेश खड्कालाई जिम्मेवारी दिइएको छ ।

स्याङ्जामा शालिग्राम शर्मा, महोत्तरीमा श्यामकुमार राई, सिरहामा सन्तोष आचार्य र बाँकेमा सुवास चन्द्र बोहरा सरुवा भएका छन । जिल्ला इन्चार्जको जिम्मेवारी पाएको एक वर्ष पूरा भएका एसपीलाई सरुवा गरिएको हो । यसअघि जिल्ला इन्चार्ज रहेकाहरूलाई अन्य कार्यालयमा खटाइएको छ ।