काभ्रे बहिरा माविमा खेलकुद सप्ताह शुरु

by | फाल्गुन २, २०८०

काभ्रे बहिरा माविमा खेलकुद सप्ताह शुरु

बनेपा/ बनेपामा रहेको काभ्रे बहिरा माध्यमिक विद्यालयमा खेलकुद सप्ताह शुरु भएको छ। बुधबार बनेपा नगरपालिका वडा नं.८ का वडाअध्यक्ष शुभलक्ष्मी मानान्धर र प्रधानाध्यपक कृष्ण प्यारी नकर्मीले टेबलटेनिस खेलेर विद्यालयको खेलकुद सप्ताह शुरु गरिएको हो ।

काभ्रे बहिरा माध्यमिक विद्यालयमा पढाई संगसंगै शारीरिक तथा मानसिक बिकासको लागि हरेक बर्ष विद्यार्थीहरुलाई विभिन्न खेलहरु खेलाउने गरिएको छ। खेलकुद सप्ताहमा फुटबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल(चेस), चम्चा रेस , बेलुन फुटाउने ,हारिजी जवाफ र हाँडी फुटाउने खेलहरु संचालन हुनेछन् ।

कार्यक्रममा वडा अध्यक्ष मानन्धरले खेलाडी उत्पादन थलो बिद्यालयलाई निर्माण गर्न र खेलको आधार स्तम्भ निर्माण गर्न सघाउ पुर्‍याउनका लागी नियमित खेलकुदमा ध्यान दिन सुझाव दिएकी छिन् । विद्यार्थीहरुलाई विभिन्न खेलहरु मार्फत शारिरिक तथा मानसिक स्फुर्तिका लागि खेलकुद अत्यन्तै महत्त्वपूर्ण रहने भएकोले हरेक बर्ष विद्यालयले अतिरिक्त क्रियाकलापलाई पढाइ संगसंगै लैजाने गरेको प्रधानाध्यापक नकर्मीले बताइन् ।