काभ्रेको शंखु र नालामा आगलागी
काभ्रेका छुट्टा छुट्टै दुई स्थानमा आगलागी भएको छ । आज विहान धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखु र बनेपा नगरपालिका वडा नम्बर ३ राइमालेमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । आज विहान ३ः१५ बजेको समयमा धुलिखेल न.पा. १२ शंखु अधेरी बस्ने सुमन जंग थापाको ढुंगा माटोको गारो र जस्ताले छाएको २ तल्ले गोठमा आगलागी भएको छ । करेन्ट सर्ट भई आगलागी भएको बताइएको छ । स्थानीय र प्रहरीको सहयोगमा उक्त आगो नियन्त्रणमा आएको छ । आगलागिबाट एउटा गाई र बाख्रा ६ वटा जलेका छनु । आगलागीबाट करिव चार लाख नब्बे हजार बराबरको क्षति भएको छ ।
यस्तै बिहान ४ः५० बजेको समयमा बनेपा न.पा. ३ राईमाले बस्ने पुरुषोतम दंगालको ढुङ्गा माटोको गारो र जस्ताले छाएको २ तल्ले कच्ची गाईगोठमा आगलागी भएको छ । आगलागीबाट मानविय क्षति भएको छैन । चौपया क्षति भएको भन्ने बुझिए पनि बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागि हुनुको कारण खुलेको छैन । प्रहरी, स्थानिय र दमकलको सहयोगमा उक्त आगो निभाउने कार्य भइरहेको छ ।






