राष्ट्रपतिलाई साक्षी राखेर जिसस प्रमुख दिपक गौतमले भने–पर्याप्त मल नपाए अनशन बस्छौं (भिडियो)

by | फाल्गुन ४, २०८०

राष्ट्रपतिलाई साक्षी राखेर जिसस प्रमुख दिपक गौतमले भने–पर्याप्त मल नपाए अनशन बस्छौं (भिडियो)

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले काभ्रेका किसानहरु समस्यै समस्याबाट अगाडी बढ्नुपरेको बताएका छन । वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सवको उद्घाटन कार्यक्रमलाई बनेपामा सम्बोधन गर्दै उनले समस्या समाधान नभए मुख्यमन्त्री र मन्त्रीको ढोकामा अनसन बस्ने समेत चेतावनी दिएका छन । टोपीका घेरा फाटेका, फरियाका घेरा फाटेका किसानहरुलाई अगाडी राखेर किसानहरुको पीडा र व्यथा राष्ट्रपतिलाई व्यक्त गर्न पाउँदा खुसी लागेको उनले बताए । उनले भने, किसानलाई हामीले कहिलेपनि सम्मान गर्न जानेनौं । कृषिलाई सममानित पेशा बनाउन सकेनौं । देशमा समृद्धि भन्ने कुरा भाषणमा मात्रै सिमिति भइरहेको छ ।

यो महोत्सवले किसानलाई सम्मान गर्न सिकाउने समेत उनले बताए । काभ्रे समृद्धिको आधार कृषि मात्रै रहेको उनको भनाई थियो । कृषि उपज बिचौलियाले कब्जा गरेको, दुध सडकमा पोख्नुपर्ने, गोलभेंडा सडकमा फाल्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई साक्षी राखेर उनले आउने वर्ष काभ्रेपलाञ्चोक जिल्लाले पर्याप्त मल पाएन भने मुख्यमन्त्री र मन्त्रीकोे ढोकामा हामी अनसन बस्ने बताए । वृहत काभ्रे कृषि महोत्सव रचनात्मक आन्दोलन र खबरदारी भएको समेत उनले उद्घोष गरेका छन ।

भिडियो