धुलिखेल नगरपालिकाको ३८ औ स्थापना दिवसमा २२ जना ब्यक्ति तथा संघ संस्था सम्मानित
धुलिखेल/ धुलिखेल नगरपालिकाको ३८ औ स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका ब्यक्ति तथा संघ संस्थाहरुलाई धुलिखेल नगरपालिकाको मानपदवीबाट सम्मान गरिएको छ । नगर प्रमुख अशोक ब्याञ्जु, जिल्ला समन्वय समिति प्रमुख दिपकुमार गौतम, उपप्रमुख निराजन जंगमले सम्मानित ब्यक्ति तथा संघ संस्थाहरुलाई मानपदवी वितरण गरेका थिए ।
धुलिखेलका चण्डीप्रसाद श्रेष्ठले धुलिखेल रत्न मानपदवी प्राप्त गरेका छन् । जीवनका अधिकांश समय धुलिखेल नगरको कुनै पनि क्षेत्रमा सेवा गरी धुलिखेलको गरिमा उच्च राख्न विशिष्ट योगदान पु¥याए बापत चण्डीप्रसाद श्रेष्ठलाई उक्त मानपदवी प्रदान गरिएको हो । त्यस्तै धुलिखेल नक्षत्रबाट राजनीतिक क्षेत्रमा लोकप्रियता हासिल गरी नगरपालिकाको वर्तमान तथा पुर्व जनप्रतिनिधिको रुपमा विवाद रहित इमान्दारितापूर्वक सेवा गरे बापत वडा अध्यक्ष रोमीप्रसाद ब्याञ्जुलाई सम्मान गरिएको हो । उनी लगातार वडा अध्यक्ष निर्वाचित भईरहेका छन् । त्यस्तै धुलिखेल प्रज्ञाश्री पुरस्कार बरिष्ठ संगितकार तथा गायक सुरेश अधिकारीलाई प्रदान गरिएको छ । धुलिखेल सेवाश्रीबाट नगरपालिकाको राजश्व अभिबृद्धीमा महत्वपूर्ण योगदान पु¥याए बापत मिराबेल होटल म्यानेजमेन्ट प्रा.लीलाई सम्मान गरिएको छ । प्रालीका अध्यक्ष भोला थापाले उक्त पुरस्कार ग्रहण गरेका थिए ।
त्यस्तै धुलिखेल ताराबाट मानसिक स्वास्थ्य तथा सामाजिक मनोपरामर्शमा महत्वपूर्ण योगदान पु¥याए बापत मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाललाई सम्मान गरिएको छ । सोहि विद्याबाट महिलाहरु मात्र संगठित भई सिप विकास तथा सांस्कृतिक र ब्यवसायिक क्षेत्रमा योगदान पु¥याएको परिवर्तनशील महिला समुह धुलिखेल ६ लाई सम्मान गरिएको छ । स्थानीय विकास र सार्वजनिक सेवामा रहि नगरमा महत्वपूर्ण योगदान पु¥याए बापत अक्षरगोपाल योगल श्रेष्ठ, नगरपालिकाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको जर्मन नेपाल सहयोग संस्था र गायन क्षेत्रमा सक्रिय भई महत्वपूर्ण योगदान पु¥याएकी धुलिखेल ३ कि अनिशा तामाङलाई धुलिखेल ताराबाट सम्मान गरिएको छ । जनसेवाश्रीबाट नगरपालिकाको सेवामा इमान्दारीताका साथ सकृय भई कार्य गरेकी अधिकृतस्तर आठौ तहकी पुजा काफ्ेलाई सम्मान गरिएको छ । त्यस्तै सोहि सेवाबाट वडा नम्वर ५ मा कार्यरत वडा सचिव निर्मला रावल सम्मानित भएकी छिन् ।
त्यस्तै धुलिखेल नगर बाल सञ्जाल, सञ्जिवनी माध्यमिक विद्यालय, खड्गी समाज धुलिखेल, श्रीकृष्ण जन्माष्टमी जात्रा तथा पर्व ब्यवस्थापन समिति, एकता बाल संजाल, खैजेडी समुह, सुनौलो गाँउ महिला समुहलाई समेत प्रशंशा पत्र प्रदान गरिएको थियो ।






