ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको २१ औ बार्षिकोत्सव, एक वर्षमा २५ लाखको छात्रबृत्ति

by | फाल्गुन ५, २०८०

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको २१ औ बार्षिकोत्सव, एक वर्षमा २५ लाखको छात्रबृत्ति

बनेपा÷ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्वारा संचालित ज्ञानकुञ्ज विद्यालयको २१ औ बार्षिकोत्सव तथा अभिभावक दिवस बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका संचालक आत्मराम थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बनेपा क्षेत्रको शिक्षाको गुणस्तर कायम राख्न नीजि क्षेत्रका विद्यालयहरुको भुमिका महत्वपूर्ण रहेको बताए ।

‘नीजि क्षेत्रहरुको भूमिका र मेहनत राम्रो छ, गुणस्तर पनि सन्तोषजनक छ’–नगर प्रमुख शाक्यले भने–‘नीजि क्षेत्रका विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई समुदायीकरण गर्ने अभियानमा विद्यालयहरुले ध्यान दिन आवश्यक छ ।’ नगरपालिकाले सामुदायिक विद्यालयमा गरेको लगानी अनुसारको गुणस्तरीय प्रतिफलका लागि प्रयत्न जारी राखेको नगर प्रमुख शाक्यले बताए ।

कार्यक्रममा संचालक तथा प्रवन्ध निर्देशक प्रताप बैद्यले स्वागत मन्तब्य सहित विद्यालयका गतिविधिका बारेमा जानकारी गराएका थिए । मन्टेश्वरी देखि मास्टर डिग्रीसम्मको अध्ययन गराउने विद्यालयका रुपमा ज्ञानकुन्ज शैक्षिक प्रतिष्ठानले जिल्लामा दुई दशक देखि पु¥याएको योगदानको चर्चा गर्दै संचालक प्रताप बैद्यले शैक्षिक सत्र २०८० मा मात्रै २५ लाख रुपैया बराबरको छात्रबृत्ति विद्यार्थीहरुका लागि उपलब्ध गराएको बताए ।

विद्यालयमा मनोपरामर्श, नेतृत्व विकास, चित्रकला, हाजिरिजवाफ, नृत्य, गायन तथा विद्यार्थीहरुको चाहना र रुची अनुसार युग सुहाँउदो शिक्षा उपलब्ध गराएको उनले बताए । शैक्षिक सत्र २०८१ बाट स्मार्ट बोर्ड र स्मार्ट कक्षा संचालन गर्ने गरी तयारी गरेको उनले बताए ।

कार्यक्रममा वडा नम्वर ८ की अध्यक्ष शुभलक्ष्मी मानन्धर, विभिन्न विद्यालयका प्रिन्सिपल तथा प्रतिनिधिहरु, विद्यालय संचालकहरु, प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल, बेलर स्कुलका अध्यक्ष भोला थापा, बरिष्ठ साहित्यकार मोहन दुवाल, शिक्षासेवी भोला केसी, गोविन्दलाल प्रधानाङ्ग, ज्ञानकुञ्ज कलेजका सहायक क्याम्पस प्रमुख नवराज चौलागाई लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल रत्नराज खतिवडाले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।