धुलिखेलमा श्वेत भैरबको मूर्ति अनावरण हुँदै

by | फाल्गुन ५, २०८०

धुलिखेलमा श्वेत भैरबको मूर्ति अनावरण हुँदै

धुलिखेल/धुलिखेल नगरपालिकाको ३८ औ स्थापना दिवसको अवसरमा आज धुलिखेलमा श्वेत भैरबको मूर्ति अनावरण गरिने भएको छ। धुलिखेलको टुँडिखेल स्थित हजार सिढिँ जाने स्थानमा स्थापित श्वेत भैरबको मुर्ति नगरप्रमुख अशोक ब्यान्जुद्धारा अनावरण गरिने भएको हो । ।

प्रत्येक नेवार बस्तीमा कम्तिमा एउटा भैरवको मन्दिर बनाउने चलन छ । धुलिखेलमा सदियौ देखि जात्रा चले पनि यो मूर्ति वा मन्दिर नभएका कारण मूर्ति निर्माण गरिएको हो ।

श्वेत भैरव, शाब्दिक अर्थ सेतो भैरवु संसारमा भैरवको सबैभन्दा ठूलो मूर्ति हो । जसले भगवान शिवको सबैभन्दा खतरनाक अनुहार चित्रण गर्दछ।

शिब र बौद्ध सस्कृती दुबै आस्थावानहरुले दैनिक पूजा गर्ने गरिन्छ । स्वेत भैरव नेवार समुदाय र सबै शैब समुदायको एक महत्वपूर्ण देवता मानिन्छ। स्वेत भैरबलाई जीवित देवी कुमारीको भाई पनि मानिन्छ। भैरवलाई संहारक भगवान शिवको सबैभन्दा खतरनाक रूप भनिन्छ।  स्वेत भैरब अस्तित्वको पछाडि मिथक पनि छ। क्रोधको अन्त र शिबको त्रीशक्ति आदि । शक्ति, महाशक्ति र अनादिशक्तिको रुपमा पनि चिनिन्छ । इन्द्रजात्राको वार्षिक पर्वमा शिवको विनाशकारी स्वरूप श्वेत भैरबको मूर्ति संसारभर चिनिन्छ ।नवदुर्गा जात्राको बिशेष स्वर्गबाट पृथ्बिमा आएर माछा मार्ने र मानिसलाई उत्साहित बनाउने नाच हुन्छ ।

धुलिखेल नगरपालिकामा भक्तपुरबाट प्रत्येक बर्ष फाल्गुनमा यो जात्रा दुई दिन सम्म हुने गरेको छ ।