कृषि महोत्सवमा दुई करोडको कारोवार

by | फाल्गुन ७, २०८०

कृषि महोत्सवमा दुई करोडको कारोवार

फागुन ४ गते देखि ७ गतेसम्म बनेपा स्थित करुणा मार्गमा आयोजना गरिएको चार दिने बृहत्त कृषि महोत्सवमा दुई करोडको कारोवार भएको छ । ६० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।

बनेपा÷ब्यापारीक नगरी बनेपाको लायकु तथा नालादोवाटो देखी विद्युत्त प्राधिकरणसम्मको करुणामार्ग सडकमा फागुन ४ गते देखि ७ गतेसम्म बनेपा स्थित करुणा मार्गमा आयोजना गरिएको चार दिने बृहत्त कृषि महोत्सवमा दुई करोडको कारोवार भएको छ । ६० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।
महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए भने समापन जिल्ला समन्वय समितिका प्रमुख दिपकुमार गौतमले गरे । मुल आयोजक समितिका संयोजक दिपककुमार गौतमले महोत्सव सफल पार्न विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने संघ संस्था, ब्यक्ति, तीनवटै सरकार र प्रतिनिधिहरु तथा महोत्सवमा सहभागिता जनाएर उत्साह भर्ने सम्पूर्णलाई धन्यवाद तथा आभार ब्यक्त गरे ।

महोत्सव समापन कार्यक्रममा काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले सहभागिता जनाएका थिए । प्रा.डा.थापाले काभ्रेपलाञ्चोक जिल्ला कृषि र पशुपालनसँगै शैक्षिक क्षेत्रको पनि हब बनेकाले शिक्षालाई ब्यवहारिकतामा परिणत गर्न काठमाडौ विश्वविद्यालयले हरेक पालिका तथा संघ संस्थासँग समन्वय गर्ने बताए । ‘हामी शिक्षा मात्रै दिदैनौ, प्रविधि र सिपका बारेमा पनि अध्ययनसँगै ब्यवहारिक ज्ञान प्रदान गर्नेछौं’–प्रा.डा थापाले भने–‘महोत्सवमा देखिएको उत्साह तथा भर्खरै सम्पन्न उपकुलपतिहरुको सम्मेलनले जिल्लालाई समृद्ध बनाउन केहि योजनाहरुलाई कार्यान्वयन गर्ने तर्फ उन्मुख हुन सन्देश दिएको छ ।’

महोत्सव समापन कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न कार्यालयका प्रमुखहरु, विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महोत्सवको अवसरमा आयोजना गरिएको चित्रकला प्रतियोगिताका विजेता विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने कृषि र पशुपालनसँग सम्वन्धित विषयमा भएको अन्र्तक्रिया कार्यक्रममा संयोजन गर्नेहरुलाई प्रशंशापत्र वितरण गरिएको थियो । उत्कृष्ट कृषक तथा स्टल राख्नेहरुलाई पनि पुरस्कृत गरिएको थियो । समापन कार्यक्रममा कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडी, पशु सेवा कार्यालयका प्रमुख डा. सिर्जा वाग्ले, समन्वय अधिकारी दिवाकर भुजेल लगायतले महोत्सवका बारेमा जानकारी गराएका थिए ।
महोत्सव समापनका अवसरमा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागिता रहेको थियो । महोत्सवमा पशुपालन तर्फ दुग्ध तथा दुग्धजन्य पदार्थ र सामाग्री, उपकरणहरुको प्रर्दशन तथा विक्री वितरण भएको थियो भने कृषि तर्फ स्थानीय उत्पादनको बजारीकरण, औजारहरुको प्रर्दशन गरिएको थियो । सहभागिहरुले स्थानीय उत्पादनलाई जोड दिएका थिए । महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टलहरु आर्कषणमा रहेका थिए ।
बृहत्त कृषि महोत्सवले कृषकहरुलाई पेशामा थप आर्कषण गर्ने, कृषि र पशुपालनमा प्रविधी तथा नयाँ यान्त्रिकरणका बारेमा जानकारी गराउन सफल भएको छ भने ‘देखेपछि विश्वास बढ्छ’ भन्ने सन्देश प्रभाव गर्न विभिन्न स्टल मार्फत कृषि र पशुपालनका नयाँ आयामहरुले सन्देश दिएको समन्वय प्रमुख दिपकुमार कुमार गौतमले बताए । कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरुको महोत्सवमा सहभागि गराई कारोवारमा बृद्धी ल्याउने, कृषकहरुलाई आवश्यक पर्ने प्रविधि, उत्पादन सामग्री एवं औजार उपकरणहरुको प्रर्दशनी मार्फत कृषकहरु विचमा विकसित नयाँ प्रविधि एवं सामाग्री औजार उपकरणहरु प्रति आर्कषण बढाइ उत्पादन लागत घटाउने, दर्शक÷कृषकहरुलाई प्रोत्साहित गर्न नयाँ नयाँ उन्नत प्रविधिहरु बारे जानकारी गराउनुका साथै नयाँ प्रविधि अपनाई नसकेका कृषकहरुलाई समेत नयाँ उन्नत प्रविधि अपनाउन प्रोत्साहित गर्ने, जिल्लामा उत्पादन हुने बाली एवं पुशपन्छीहरुको ब्यवसायीक उत्पादन, प्रशोधन एवं बजारीकरणका बारेमा कृषकहरु विच जानकारी प्रवाह गर्न महोत्सव सफल रहेको कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले बताए ।
जिल्ला समन्वय समिति काभ्रे, बनेपा नगरपालिका, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, काभ्रेको प्राविधिक समन्वयमा तथा काभ्रे उद्योग बाणिज्य संघको आर्थिक ब्यवस्थापनमा जिल्ला स्थित सबै स्थानीय तहको प्रत्यक्ष एवं सक्रिय सहभागितामा महोत्सव आयोजना गरिएको थियो ।