आज राप्रपाको जनप्रदर्शन, प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाउने

by | फाल्गुन ९, २०८०

आज राप्रपाको जनप्रदर्शन, प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाउने

राप्रपाले आज प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाएर आन्दोलन सुरु गर्दै छ।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकारसहितका माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो।

भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखसहित जनप्रदर्शन गर्न लागिएको राप्रपाले जनाएको छ।

आजबाट काठमाडौँसहित देशभरका जिल्ला सदरमुकाममा दबावमूलक प्रदर्शन र र्याली गरिने राप्रपाले जनाएको छ।