सीडब्ल्यूसी पोलिक्लिनिक बनेपाले शुरु गर्यो घर–घरमा ल्याब सेवा
बनेपा÷सीडब्ल्यूसी पोलिक्लिनिक बनेपाले अब विरामीको घर घरमै गई रगत जाँच गरि तुरुन्तै रिपोर्ट दिने भएको छ ।
जिल्लामै पहिलो पटक घर–घरमा ल्याब सेवा शुरु गरिएको पोलिक्लिनिकका ब्यबस्थापक किरण घिमिरेले जानकारी दिए । पोलिक्लिनिकले बिरामीको सुबिधाको लागि घरमा नै पुगेर रगत संकलन शुरु गरिएको र ल्याब सेवामा विशेष छुट साथै तुरुन्तै रिपोर्ट उपलब्ध गराईने उनले बताए । त्यसै गरी छोटो समयमा पोलिक्लिनिकले बरिष्ठ विशेषज्ञ डाक्टर तथा उच्च गुणस्तर र आधुनिक प्रविधि मार्फत उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
पोलिक्लिनिकमा सुगर परिक्षण, मृगौला सम्बन्धी जाँच, मुटु र मुटुरोग सम्बन्धी जाँच, बाथ, कलेजो, थाईराड, मानसिक, स्त्री रोग, लगाएतका सम्पुर्ण रोगको उपचार, होलबडी जाँच तथा परामर्श दिदै आएको छ । उक्त सेवा सँगै सामाजिक उत्तरदायित्व अन्र्तगत शिविर सञ्चालन, रक्तदान, दाँत परिक्षण र निशुल्क औषधी वितरण जस्ता कार्यहरु गर्दै आएको छ ।






