हनुमान मन्दिर निर्माणका लागि शुरु भयो श्रीमद्वाल्मीकि रामायण कथा

by | फाल्गुन १०, २०८०

हनुमान मन्दिर निर्माणका लागि शुरु भयो श्रीमद्वाल्मीकि रामायण कथा

धुलिखेल, पातलेखेत÷धुलिखेल नगरपालिका वडा नम्वर ११ पातलेखेतमा हनुमान मन्दिर निर्माण सहयोगार्थ श्रीमद्भागवत महापुराण सप्ताह तथा श्रीमद्वाल्मीकि रामायण कथा वाचन शुरु भएको छ । रामायण कथा बाचनको शुभारम्भ जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले गरेका थिए ।

सप्ताहको पहिलो दिन कलश यात्रा तथा पुर्वाङ्ग गरिएको छ । पातलेखेतका विभिन्न स्थानमा कलश यात्रा गरिएको थियो । कथा बाचन शुक्रबार फागुन ११ गते देखि १७ गतेसम्म हुनेछ । हरेक दिन विहानको समयमा हवन तथा पाठ पारायण हुनेछ । विहान १०.३० देखि हरेक दिन कथा बाचन हुनेछ ।

साँझको समयमा महात्म्य पाठ हुनेछ भने यज्ञ समापन तथा प्रसाद वितरण कार्यक्रम फागुन १८ गते हुनेछ । हनुमानस्थानमा आयोजित सप्ताह कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । सप्ताहमा पण्डित विनोद सापकोटा प्रमुख बाचक छन् भने उपबाचक मनिषशरण खनाल रहेका छन् ।

सप्ताह उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । सहभागिहरुले सप्ताहबाट सामाजिक रुपान्तरणका साथै मन्दिर निर्माणमा सहयोग पुग्ने बताएका थिए । सप्ताह मुल आयोजक समितिका संयोजक बासुदेव उपाध्यायले सप्ताहबाट हनुमान मन्दिर निर्माणलाई सहयोग पुग्ने बताए ।

तस्बिरहरुः