काभ्रेका ३४ हजार ८ सय ६८ कृषक परिवारलाई कृषिबाट भएको आम्दानीले खान पुग्दैन

by | फाल्गुन ११, २०८०

काभ्रेका ३४ हजार ८ सय ६८ कृषक परिवारलाई कृषिबाट भएको आम्दानीले खान पुग्दैन

मोतीराम तिमल्सिना
धुलिखेल
राष्ट्रिय कृषि गणना, २०७८ अनुसार जिल्लामा रहेका कूल कृषक परिवार ६९ हजार ९ सय ४१ मध्ये आम्दानीको मुख्य स्रोत कृषि भएका कृषक परिवार ५७ हजार २ सय ७५ रहेको छ । खान नपुग्ने परिवार कृषि उत्पादनबाट भएको आम्दानीले मात्र वर्ष भरी परिवारलाई खान नपुग्ने कृषक परिवार संख्या ३४ हजार ८ सय ६८ रहेको छ ।
ति मध्ये १७ हजार ९ सय २८ कृषक परिवारलाई ४ देखि ६ महिना खान पुग्दैन । ६ हजार ९ सय ९७ कृषक परिवारलाई ७ देखि ९ महिना मात्रै खान पुग्छ । २ हजार २ सय १८ कृषक परिवारलाई १० देखि १२ महिना खान नपुग्ने तथ्यांकले देखाएको छ । आम्दानीको मुख्य स्रोत गैर कृषि भएका कृषक परिवार १२ हजार ६ सय ६७ रहेको छ । जस मध्ये ७ हजार ७ सय २५ कृषक परिवारलाई १ देखि ३ महिना खान नपुग्ने देखिन्छ । काभ्रेपलाञ्चोक जिल्लामा क्षेत्रफल र उत्पादनको आधारमा प्रमुख कृषि बाली र वस्तुहरु वर्षे धान, मकै, आलु र तरकारी बाली रहेका छन । जिल्लामा खेती गरिने कृषि बाली र वस्तुहरुको क्षेत्रफल, उत्पादन र उत्पादकत्वका बारेमा स्थानीय सरकारले प्राथमिकतामा राख्न सकेका छैनन् ।

कृषि बाली र वस्तुहरुको कृषि तथ्याङ्क विवरण