कृषि विकास बैंकले माग्यो विभिन्न तहका ११२ जना कर्मचारी, कुन पदमा कति ? ( सुचिसहित)

by | फाल्गुन ११, २०८०

कृषि विकास बैंकले माग्यो विभिन्न तहका ११२ जना कर्मचारी, कुन पदमा कति ? ( सुचिसहित)

काठमाडौँ / कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै बैंकले आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको हो ।

स्थायी दरबन्दीको लागि विभिन्न पद गरी कुल ११२ जना कर्मचारी माग गरिएको छ । योग्यता पुगेका नागरिकले अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

तोकिएको दस्तुर तिरेर चैत १ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरेर भने थप एक सातासम्म आवेदन दिन सकिने छ ।